ओलीले जन्मदिन मनाउँदै भने–‘द्धन्द्ध भड्काउने षडयन्त्र हुँदैछ’ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन ११ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले व्यक्तिगत स्वार्थका लागि देशमा द्धन्द्ध भड्काउने षडयन्त्र भइरहेको भन्दै जनतालाई सजग र सर्तक रहन आग्रह गरेका छन् ।आफ्नो ६४औं जन्मदिनको अवसरमा सोमबार भक्तपुरको बाल्कोटस्थित निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहालप्रति लक्षित गर्दै द्धन्द्ध भड्काउने षडयन्त्रमा प्रयोग हुनबाट जोगिन आग्रह गरे ।
संविधान निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नै नभएको भन्दै उनले संविधान जारी गरी देशमा कानुनी शासन र सुशासनको ग्यारेन्टी गर्नुपर्ने बताए ।
ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, मन्त्रीहरु, एमाले नेता तथा कार्यकर्ताहरु बाल्कोट पुगेका थिए । सो अवसरमा कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।

###



0 comments
Write Down Your Responses