व्यापारीलाई छुटाउँदा गोली हानाहान, दुई प्रहरी घाइते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
झापा : आइतबार झापाको काकडभिट्टाबाट अपहरणमा परेका दुई व्यापारीलाई छुटाउने क्रममा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।
विर्तामोडबाट काकडभिट्टा पुगेका व्यापारीहरु विर्तामोडका सुनिल विन्दल र काकडभिट्टाका बजरंग अग्रवालाई अपहरणमुक्त गराउने क्रममा प्रहरी र अपहरणकारीबीच झापाकै धरमपुरमा गोली हानाहान हुँदा दुई प्रहरी घाइते भएका छन् ।
अपहृत व्यापारीहरुलाई धरमपुरमा लुकाएको अनुसन्धानबाट पुष्टि भएपछि पुगेको प्रहरीले व्यापारीलाई मुक्त गराउने क्रममा अपहरकारीसँग भिडन्त भएको हो ।
भिडन्तपछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर दुबै व्यापारीलाई सकुशल अपहरणमुक्त गराएको छ । घटनास्थलबाट केही अपहरणकारी पक्राउ परेको जानकारी इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी अर्जुन तिमल्सिनाले दिएका छन् ।
निजी कारमा काकडभिट्टा पुगेका दुबै व्यापारी कारबाट ओर्लेपछि वेपत्ता भएका थिए । केहीक्षणमा आउने भनेर हिँडेका उनीहरु लामो समयसम्म नआएपछि कार चालकले परिवारमा खबर गरेका थिए ।
दुबैजना अपहरणमा परेकोे आशंकमा उनीहरुका प्रहरीले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय काकडभिट्टा र विर्तामोडको टोलीले घटनाको संयुक्त अनुसन्धान थालेर अपहरणकारीसम्म पुग्न सफल भएका हुन् ।

###

0 comments
Write Down Your Responses