ठूला भ्रष्टाचारी समात्न सुरु गरेको लोकमानको उद्घोष (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

उनले ‘अख्तियारमा भ्रष्टाचारका मुद्दा बढेकै आधारमा सफलता प्राप्त भयो भन्नुको साटो अनुसन्धान र कारबाहीका क्रममा अदालतबाट दोषी ठहर भएकाहरुको सूचीलाई सफलता मान्न’ अख्तियारलाई आग्रह गरे ।
राष्ट्रपति यादवले पछिल्ला दिनमा राजनीतिक दलहरु सहमतिको गर्नुको साटो अराजनीतिक तरिकाले आरोप–प्रत्यारोपमा उत्रनु दुःखद भएको बताए ।
विगतमा प्राप्त जनमतलाई मध्यनजर गरी सहमति गर्न र त्यसका लागि लचकता अपनाउन उनले सबै दललाई आग्रह पनि गरे ।
दलहरुबीच सहमतिको बिन्दूनजिकै रहेको भन्दै उनले तत्काल सहमति गर्न र राजनीतिक संक्रमणलाई अन्त्य गरी मुलुकलाई शान्ति र सुशासनको बाटोमा अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले देशका हरेक क्षेत्रमा भ्रष्टाचार बढेकोमा आफूलाई दुःख लागेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग अपरिहार्य हुने भन्दै उनले छिमेकी मुलुक भारतमा भ्रष्टाचारविरोधी गतिविधि गरेकै कारण आम आदमी पार्टीले ‘चामत्कारिक’ सफलता पाएको बताए ।
प्रधानमन्त्री कोइरालाले पनि निर्दोष व्यक्तिलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरी सार्वजनिक गरिँदा उसको सामाजिक जीवन ध्वस्त हुने गरेको भन्दै अभियोग पुष्टि भएपछि मात्रै उसलाई सार्वजनिक गर्न अख्तियारलाई आग्रह गरे ।
उनले ठूला भ्रष्टाचारीहरुलाई समेत कानुनी दायरामा ल्याउन अख्तियारले सुझबुझ पूर्ण तरिकाले काम अघि बढाउनुपर्ने बताए ।
राजनीतिक गतिरोध अन्त्यका लागि आफूहरुले प्रयास जारी राखेको भन्दै प्रधानमन्त्री कोइरालाले जारी गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमममा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ठूला भ्रष्टाचारीहरुमाथि कारबाहीका लागि अख्तियारले काम सुरु गरिसकेको उद्घोष गरे ।
विगतमा साना भ्रष्टाचारीहरुलाई समाएर भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिएको भएपनि अबका दिनमा ठूला भ्रष्टाचारीलाई कुनैहालतमा नछाड्ने वाचा अख्तियार प्रमुख कार्कीले गरे ।


###
0 comments
Write Down Your Responses