विषादी मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धादिङ : धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन्।
मृत्यु हुनेहरुमा ६२ वर्षीय सन्तबहादुर स्याङतान र उनका बुहारी २८ वर्षीय फुलमाया स्याङतान, नातिनी ७ वर्षीय सविता स्याङतान, नातिहरु ५ वर्षीय रमेश स्याङतान र अर्जुन स्याङतान २ वर्षिय अनिल स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डिएसपी प्रकाश मल्लले जानकारी दिए।
आज विहान विषादी मिसाएको गहुँलाई पानीले पखालेर घट्टमा पिस्न लगेका थिए। पिसिएको पिठोबाट रोटी बनाएर खाने क्रममा उनीहरुको मृत्यु भएको हो। गहुँको रोटी खाँदा पिडा गाविस वडा नम्बर ७ चिउरीखर्कका घट्ट धनि परिवार पनि विरामी परेका छन्।
गहुँ पिसाए वापत ज्यालाको रुपमा लिएको पिठोको रोटी खाँदा घट्ट धनि तिलकबहादुर दोङको ४ जनाको परिवार र तिलकबहादुर दोङका दाजु रिबहादुर दोङ पनि विरामी परेका छन् । त्यस्तै गहुँको रोटी खाँदा नजिकैको एक छिमेकीको ६ जनाको परिवार पनि बिरामी परेका छन्।
घटनास्थलमा रहेका शिक्षक किशोरअधिकारीका अनुसार विरामी भएकाहरुलाइ स्थानियबासीहरुको सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचारको लागि लगिएको छ।घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ

###
0 comments
Write Down Your Responses