स्पाइस जेटको विमान दुर्घटना
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सूचना मन्त्रीसहित सबै चालक दल तथा यात्रुहरू सुरक्षित
.jpg)
भारी वर्षाका कारण कर्नाटक विमानस्थलको धावनमार्गमा चिप्लिएको भारतीय अधिकारीहरूले जनाएका छन् यद्यपी विमानमा सवार सबै यात्रु सकुशल रहेको समाचारमा जनाइएको छ।
विमानमा सवार कर्नाटकका सूचना मन्त्रीसहित सबै चालक दल तथा यात्रुहरू सुरक्षित रहेको स्पाइस जेटले जनाएको छ।
विमानमा कर्नाटकका सूचनामन्त्री रोशन बेग पनि थिए। 'म अघिल्लो पंक्तिमा बसेको थिएँ। पाइलटले बताए कि हुबली विमानस्थलमा भिषण वर्षा भइरहेको छ। त्यसपछि करिब आधा घन्टासम्म जहाजले आकासमै चक्कर काट्यो।' जहाजको अवतरण असाध्यै खराब भएको उनले बताए। 'बिमान नराम्रोसँग हल्लिरहेको थियो मलाई लाग्यो कि अब सबै सकियो', उनले भने, 'जहाज एकातिर झुक्यो। अल्लाहको आशिर्वादले कसैलाई केही हुन पाएन।'
घटनामा कसैलाई चोट नलागेको र कम्पनीले घटनाको विस्तृत छानबिन गरिरहेको स्पाइस जेटका मुख्य प्रशासनिक अधिकृत जीपी गुप्ताले जनाए।

###
0 comments
Write Down Your Responses