कोरियामा रहेका स्नातक नेपालीलाई कोरियाले दिने भो ‘पीआर’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सोल,फागुन २० – कोरियाको न्याय मन्त्रालयले त्यहाँको कुनै पनि विश्वविद्यालयबाट स्नातक वा सोभन्दा माथि उत्तीर्ण गरेका आप्रवासीलाई स्थायी बसोबासका लागि अनुमति (पीआर) दिने भएको छ । विज्ञान वा इन्जिनियरिङमा स्नातक उत्तीर्ण भएका र कोरियामा वैधानिक रुपले लामो समय बसिसकेका जोकोहीले पीआर पाउनेछन् । यसका लागि वार्षिक २७ हजार अमेरिकी डलर आम्दानी भएको हुनुपर्नेछ । कोरियाली आर्थिक उद्यमशीलता र रोजगार अभिवृद्दिमा टेवा पुर्याउने आप्रवासीलाई स्थायी बसोबासका लागि प्रोत्साहन गर्ने नीति अनुरुप यो नियम लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यायमन्त्री ह्वाङ कोएनले कोरियामा रहेका प्रवासी विद्यार्थीको प्रतिभा कदर गरिने बताएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z