विमान दुर्घटनाका कारण उडान रद्द हुँदा यात्रुको बिचल्ली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा टर्किस एयरलाइन्सको विमान आज विहान दुर्घटना भएपछि आजका लागि तय गरिएका सबै अन्तर्राष्ट्रिय उडान रद्द हुँदा हजारौँ यात्रु बिचल्लीमा परेका छन् ।
सो विमान दुर्घटनाबाट विमानस्थलको धावन मार्ग अवरुद्ध भएपछि विमानस्थल कार्यालयले आज साँझ ५ बजेसम्मका सबै उडान रद्द गरेको थियो । विश्वका विभिन्न देशका लागि गन्तव्य तय गरी त्यहाँ पुगेका यात्रुका लागि अर्को उडान समय यकिन नगरिँदा उनीहरु थप अन्योलमा परेका हुन् ।
जापानको गन्तव्य लिएर विमानस्थल पुगेका शशी थापाले भन्नुभयो–“अर्को उडानको टुङ्गो नलाग्दा अन्योलमा परियो, अब घर फर्कने कि विमानस्थलमै बसेर अर्को उडानका लागि पर्खने हो दोधारमा परियो ।”
त्यसैगरी, कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य यात्रुहरु अन्योलमा परेको उल्लेख गर्नुभयो । यात्रु बस्ने र उनीहरुका सामान राख्ने स्थान नहुँदा बिचल्ली भएको हो ।
विमानस्थलबाट दैनिक ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेको छ भने सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणबाट १२ हजार यात्रु आवतजावत गर्दै आएका थिए ।
त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै आएका छन् । ती सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल प्रवेशस्थल खचाखच भरिएको छ । आन्तरिक उडान सुचारु गरिए पनि विमानस्थलको अवस्था सहज हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएका सबै विमान कम्पनीलाई आफ्ना यात्रुको व्यवस्थापन गर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । नागरिक उड्डयन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले आफ्ना यात्रुको व्यवस्थापन गरेका हुन् ।
विमानस्थलका प्राविधिकबाट धावनमार्ग खाली गर्ने प्रयास भइरहे पनि अवरोध हटाउन किन ढिलाइ भइरहेको भन्ने प्रश्नमा प्रबन्धक चुडालले जहाजको गियर र चक्कामा समस्या रहेको जानकारी दिँदै विमान संवेदनशील अवस्थामा रहेकाले थप क्षति हुनबाट रोक्न प्रयास भइरहेको बताए ।
टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ को विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ (दक्षिणतर्फबाट) अवतरण गर्ने क्रममा कम भिजिबिलिटीका कारण दुर्घटना भएता पनि यात्रु तथा चालक दल भने सकूशल रहेका थिए ।
सो विमान दुर्घटनाबाट विमानस्थलको धावन मार्ग अवरुद्ध भएपछि विमानस्थल कार्यालयले आज साँझ ५ बजेसम्मका सबै उडान रद्द गरेको थियो । विश्वका विभिन्न देशका लागि गन्तव्य तय गरी त्यहाँ पुगेका यात्रुका लागि अर्को उडान समय यकिन नगरिँदा उनीहरु थप अन्योलमा परेका हुन् ।
जापानको गन्तव्य लिएर विमानस्थल पुगेका शशी थापाले भन्नुभयो–“अर्को उडानको टुङ्गो नलाग्दा अन्योलमा परियो, अब घर फर्कने कि विमानस्थलमै बसेर अर्को उडानका लागि पर्खने हो दोधारमा परियो ।”
त्यसैगरी, कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य यात्रुहरु अन्योलमा परेको उल्लेख गर्नुभयो । यात्रु बस्ने र उनीहरुका सामान राख्ने स्थान नहुँदा बिचल्ली भएको हो ।
विमानस्थलबाट दैनिक ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेको छ भने सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणबाट १२ हजार यात्रु आवतजावत गर्दै आएका थिए ।
त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै आएका छन् । ती सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल प्रवेशस्थल खचाखच भरिएको छ । आन्तरिक उडान सुचारु गरिए पनि विमानस्थलको अवस्था सहज हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएका सबै विमान कम्पनीलाई आफ्ना यात्रुको व्यवस्थापन गर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । नागरिक उड्डयन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले आफ्ना यात्रुको व्यवस्थापन गरेका हुन् । विमानस्थलका प्राविधिकबाट धावनमार्ग खाली गर्ने प्रयास भइरहे पनि अवरोध हटाउन किन ढिलाइ भइरहेको भन्ने प्रश्नमा प्रबन्धक चुडालले जहाजको गियर र चक्कामा समस्या रहेको जानकारी दिँदै विमान संवेदनशील अवस्थामा रहेकाले थप क्षति हुनबाट रोक्न प्रयास भइरहेको बताए ।
टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ को विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ (दक्षिणतर्फबाट) अवतरण गर्ने क्रममा कम भिजिबिलिटीका कारण दुर्घटना भएता पनि यात्रु तथा चालक दल भने सकूशल रहेका थिए ।

###

0 comments
Write Down Your Responses