यमनमा हिंसा बढ्दै, नेपालीद्वारा उद्दारको अपिल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दोहा (कतार), चैत्र १६ - यमनमा हिंसाले उग्ररुप लिन थालेपछि त्यहाँ कार्यरत नेपालीले आफूहरुलाई समयमा उद्दार गर्नको लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।
यमनको राजधानी सनालाई बिद्रोहीले नियन्त्रण लिन थालेपछि साउदी अरबको नेतृत्वमा हवाई आक्रमण थालिएको छ । सानाबाट एक दिन लाग्ने अर्को मुख्य शहर आदनमा कार्यरत रामपुर-३, रामेछापका गुणदास श्रेष्ठले आफूहरु जतिसक्दो छिटो निस्कन चाहेको बताए । 'हामी बसेको स्थानमा बिद्रोहीले कब्जा जमाउदै आएका छन् । धेरैजसो भुभाग, पेट्रोल पपहरु जलाएर नष्ट गरिसकेको छन् । बिमानस्थल बन्द गरिदिएका छन्', आइतबार राति सम्र्पकमा आएका श्रेष्ठले टेलिफोनमा भने,'बेलैमा हामीलाई उद्दार गर्न सरकारसमक्ष अनुरोध गर्दछौं ।'
उनले ७ जना नेपालीहरु सम्र्पकमा रहेको बताए । 'नजिकैको लुलु सुपरमार्केटमा ५ जना नेपाली छन् । हामी होटलमा २ जना छौं', उनले भने,'सबै जनाको इच्छा बेलैमा स्वदेश र्फकन पाइयोस भन्नेमा छौं ।'
उनी चार तारे होटल ग्रयाण्डीमा काम गर्छन् । ६ बर्ष कुबेतमा काम गरेका उनी ४ बर्षअघि यमन पुगेका थिए । त्यहाँ सेफको काम गर्छन् । त्यस होटलमा अर्का नेपाली ३२ बर्ष रामपुर गाबिस-५ रामेछापका ३२ वर्षीय भक्तबहादुर श्रेष्ट कार्यरत छन् ।
'हामीलाई कुन दुताबासले हेर्छ भन्ने पनि थाहा छैन', उनले भने,'अहिले त हामी होटलमै छौं । बाहिर सुरक्षाकर्मी छन् । भोलि जे पनि हुन सक्छ ।'
त्यहाँ यमनी, इराकी सहित ८० जना कामदार कार्यरत छन् । यमनको राष्ट्रपतिले राजीनामा दिएर आदनमा आएर बसेपछि बिद्रोहीले यो क्षेत्रमा पनि हिंसा बढाएको हो ।
यमनलाई साउदीस्थित नेपाली दुताबासले हेर्दै आइरहेको छ । दुताबासका अनुसार यमनमा रहेका नेपालीको यकिन तथ्याङ छैन् ।

###
0 comments
Write Down Your Responses