'टर्किस एयर दुर्घटना हुन लाग्दा जहाज भित्र के भएको थियो ? यात्रुहरु यसो भन्छन (हेर्नुहोस भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हामी चढेको विमान बुधबार विहान ६ः५५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । विमान अवतरण गर्नलाई करिब १ मिनेमात्रै बाँकी थियो । तर, विमानको चक्का बाहिर निस्कन सकेन र पाइलटले फेरि आकाशतिरै फर्काए । आकाशमा केहीबेर रहेपछि पाइलटले दोस्रोपटक अवतररणको प्रयास गरे । तर, दोस्रो पटक पनि विमानको चक्का निस्किएन र विमान पुन आकाशमै फर्काइयो । यसो गर्दा झण्डै एक घण्टा समय बितिसकेको थियो । हामीलाई भनिएको थियो कि तुँवालोका कारण अवतरण हुन सकिरहेको छैन । तर, पछि स्टाफहरुसँग बुझ्दा चक्का निस्कन नसकेकाले ल्याण्ड हुन नसकेको रहेछ ।


करिब एक घण्टापछि पाइलटले ७ बजेर ४० मिनेट जाँदा विमान अवतरण गर्ने तेस्रो प्रयास गरे । शायद विमानमा तेल सकिएको हुनुपर्छ, जसले गर्दा पाइलटले त्रिभुवन विमानस्थलको विकल्प नखोजी पटक-पटक यहीँ ल्याण्ड गर्ने प्रयास गरिहरेका थिए । तेस्रो पटकको प्रयासमा विमानको पछाडिको चक्का मात्रै निस्कियो, अगाडिको निस्केन । विमान ल्याण्ड गर्नासाथ धावन मार्ग छाडेर झारतिर हुत्तियो र पछाडिको भागमा आगो सल्कियो । हामी सबैलाई अब मरिएछ भन्ने लागिरहेको थियो । संयोग नै मान्नुपर्छ, राजधानीमा लगातार परेको वर्षाका कारण झारमा पानी जमेको रहेछ, जसले गर्दा विमानमा आगो सल्कन पाएन । तत्कालै आइपुगेका उद्दारकर्ताले दमकलको प्रयोग गरेर आगो निभाए । र, हामी सबै बाँच्न सफल भयौं । म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । विमानमा मैले बालबालिकाहरु खासै देखिँन । तर, त्यहाँ नेपाली भन्दा विदेशी पर्यटकहरु बढी थिए ।फ्रान्स, जर्मनी र लण्डनबाट नेपाल घुम्न आएका पर्यटकहरु थिए । दुर्घटनाका कारण हामी सबैको सातो गएको थियो । केहीबेर कोलाहल र भागाभाग नै भयो । एकजना विदेशी मूलमा वृद्ध यात्रुलाई हृदयाघात भएको आशंका छ, उनलाई तल्कालै अस्पताल लगिएको छ । विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि हामीलाई बचाउन सफल भए । धन्न बाँचियो । नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z