मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको फैसला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :मलेसियास्थित उच्च अदालत

मलेसिया : मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको सजाए सुनाइएको छ । बासुन्चेत–१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै आदालतले मृत्युदण्डको फैसला सुनाएका हुन् ।

घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको आइकोर्टले लाूुपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध यहाँको नेपाली दूतावास पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । तर यहाँको सर्वोच्च अदालतले २०१२ को २५ सेप्टेम्बरमा अन्तिम फैसला गर्दै घलेलेलाई मृत्यु दण्ड दिने निर्णय सुनाएको थियो ।

घलेलाई बचाउने सबै कानुनी बाटो बन्द भएपछि नेपालका राष्ट्रपति डा. रामवरण यादवले यहाँका राजालाई घलेलाई मृत्युदण्ड नदिन पत्राचार गरेका छन् ।

तर यहाँका राजाले यसबारे हालसम्म अन्तिम निर्णय नलिएको नेपाली दूतावासकी प्रथम सिचव दु्रपता सापकोटाले जानकारी दिइन् । त्यस्तै पाल्पाका सुरजलाई एक विदेशी महलिाको हत्या अभियोगमा यहाँको उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएको छ ।

सुरजका विषयमा भने एकीन विवरण आइनसकेकाले थप विवरण आएपछि पुनरावेदनका लागि प्रक्रिया अघि बढाइने सापकोटाले जानकारी दिइन् । मृत्युदण्डको फैसला सुनाइएका उनीहरु दुबैजना मलेसियाको काजाङ जेलमा छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z