अन्तराष्ट्रिय उडान भोलीसम्मका लागी स्थगित, यात्रुको विचल्ली(भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान आज दिनभरि बन्द भएको छ । विहिवार अपरान्ह चार बजेबाट मात्र उडान हुने भएको छ ।
टर्किस एअरको विमान धावनमार्गमा रहेकाले उडान अवरुद्ध भएको विमानस्थले जनाएको छ । दुर्घट्ना भएको विमान निकाल्नका लागी टर्कीसबाटै प्राविधिक टोली आउँदैछ ।
अधिकारीहरुले तीन घण्टामात्रै  विमानस्थल बन्द हुने बताए पनि जहाज हटाउन धेरै समय लाग्ने देखिएकाले विहिवारसम्म अन्तराष्ट्रिय उडान नहुने विमानस्थल स्रोतले जनायो ।
विमानस्थलबाट दैनिक ३५ विमान उडान हुने र त्यतिनै संख्यामा अवतरण हुने बताइएको छ । उडान स्थगित भएपछि १० हजार बढी यात्रुको विचल्ली भएका छन् ।  आन्तरिकतर्फका उडान भने दिउँसोदेखि भएका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z