कम्मर तथा हाड जोर्नी दुखेमा निको बनाउने उपाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कम्मर तथा हाड जोर्नी दुखेमा निको बनाउने उपाय

-एक भाग तोरीको तेलमा चार भाग स्पिरिट मिसाएर दुखेको ठाउँमा विस्तारै मालिस गर्नाले दुखाई कम गर्छ ।

-शुद्ध कोदाको रक्सीलाई दुई चम्चा घीउमा ८–१० वटा चामल फुराई त्यसमा रक्सी झानेर आवश्यकता अनुसार सेवन गर्नाले यस्ता रोग जरै देखि हराउँछ ।



  • कम्मरको नसा च्यापिएमा योग चिकित्सा 


डा. क्षितिज बराकोटी -शरीरको विभिन्न भागमा फैलिएका नसाले गर्दा नै शारीरिक अंगहरु चलाउन सकिने भएको हो । साथै तातो, चिसो, पोलेको, दुखेको, स्पर्श गरेको आदि संवेदनाहरु थाहा पाउने काम पनि नसाकै कारण हुन्छ । यी नसाहरुको सम्बन्ध शरीरको हरेक प्रणाली र मस्तिष्कसम्म रहेको हुन्छ । मेरुदण्ड वा ढाडमा पनि यस्ता नसाहरु रहेका हुन्छन् । मेरुदण्डको मध्यभागमा स्पाइनल क्यानल हुन्छ । यसभित्र स्पाइनल कर्ड (सुषुम्ना) रहेको हुन्छ । यो नै प्रमुख नसा हो । यही नसाबाट शाखा नसाहरु निस्किएका हुन्छन्, जुन मेरुदण्डको दुवैतिरका प्वालहरुबाट छिरेर शरीरको पछाडितिरबाट कम्मरको दायाँ–बायाँ पाँच–पाँच वटा नसा निस्किएका हुन्छन् । दायाँतिर निस्किएका पाँच नसाहरु एक भई दायाँ नितम्ब हुँदै दायाँ खुट्टातिर गएका हुन्छन् भने बायाँतिरका पाँच नसाहरु एक हुँदै बायाँ नितम्बबाट बायाँ खुट्टातिर तलसम्म पुग्छन् । यसरी संयुक्त भएको एक नसालाई सायाटिक नसा ९क्अष्बतष्अ लभचखभ० भनिन्छ, जुन शरीरको सबैभन्दा लामो नसा हो ।

कम्मर र खुट्टाका यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो । तर नसामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक र डर लाग्दो पनि हुन्छ । यस समस्यामा लापरबाही गरेमा नसा काटिएर खुट्टै नचल्नेसम्मको गम्भीर नतिजा आउन सक्छ ।

कम्मरको नसा च्यापिने कारण
नसा च्यापिने प्रमुख कारण बस्ने, सुत्ने, काम गर्ने, खेल्ने, सहवास गर्ने आदि अवस्थामा शरीरको गलत प्रयोग गर्नु अर्थात् गलत आसनमा रहनु हो । यसरी नै दुर्घटना हुनु, हाड सर्नु वा खिइनु, बढी मोटो हुनु, खेलकुदका क्रममा चोटपटक लाग्नु आदि पनि नसा च्यापिने मुख्य कारणहरु हुन् । गर्भावस्थामा पनि कतिपय महिलालाई यो समस्याले पिरोल्छ ।

नसा च्यापिँदाको लक्षण र जटिलता
नसा च्यापिँदा प्रायः कम्मरदेखि खुट्टासम्मको भाग दुख्छ । कम्मरभन्दा तलको भाग र नितम्बसम्म दुख्न सक्छ । दुखाइ सबैमा एकै खालको हुँदैन । कसैलाई कम्मरको एकातिर वा दुवैतिर दुख्छ भने कसैलाई दुवैतिर दुख्ने हुन्छ । कसैलाई नितम्बतिर दुख्छ । कसैलाई खुट्टाको पनि एक भागमा मात्र अथवा पूरा खुट्टामा दुख्न सक्छ । कम्मर नदुखीकन खुट्टामा मात्र पनि दुखाइ हुन सक्छ । कसैलाई नदुख्ने तर पोल्ने, झमझमाउने र लाटो हुने, नसा तन्केजस्तो अररो हुने आदि लक्षण हुन सक्छ । कम्मरमा वा नितम्बमा नसा च्यापिनाले खुट्टाको पैतालाको कुनै भाग वा खुट्टाको औंलाको टुप्पोमा मात्र पनि उपरोक्त लक्षणहरु प्रकट हुन सक्छन् । नसा बढी च्यापिएमा उठबस गर्न, हिँड्न, ओछ्यानमा सुत्न, कोल्टो फेर्न, यताउति फर्किनलगायत अन्य शारीरिक कार्यहरु गर्न निकै सकस हुन्छ ।

नसा च्यापिने क्रम बढेमा जटिलता थपिँदै गई दुखाइ अति नै बढ्छ । बिरामीलाई हलचल गर्ने, सुत्ने–उठ्ने, हिडडुल गर्ने, दिसापिसाब गर्ने आदि हरेक काममा कठिनाइ हुन्छ । कम्मरदेखि खुट्टासम्म पूरा वा कुनै निश्चित भागमा पोल्ने, दुख्ने, झमझमाउने, लाटो हुनेलगायतका लक्षणहरु बढ्छन् । यसबाट नसाको जरा ९ल्भचखभ चययत० काटिने डर हुन्छ । यसका कारण कम्मर र खुट्टाका मात्र नभई अन्य भाग र शरीरका क्रियाहरुमा पनि असर पर्छ ।

नसा च्यापिएको निदान
चिकित्सकले दुखाइको लक्षण र दुखेको  स्थानका आधारमा जाँचेर यो रोगका बारेमा अनुमान गर्न सक्छन् । निदानका लागि एक्स–रे पनि सहयोगी हुन सक्छ । तर निश्चितताको लागि मेरुदण्ड तथा नितम्ब क्षेत्रको सिटी स्क्यान र एमआरआईबाट कुन भागको नसा कति हदसम्म थिचाइको प्रभावमा रहेको छ, थाहा पाउन सकिन्छ ।

योग चिकित्सा विधि
नसा च्यापिने समस्या सबै एकैनासको हुँदैन । नसा च्यापिएको ठाउँ, कारण र अवस्थाअनुरुप कस्तो खालको योग चिकित्सा अपनाउने भन्ने निर्णय गरिन्छ । कतिपयले नसा च्यापिने समस्या योगले ठीक पार्छ भनेर टेलिभिजन, पुस्तक, पत्रपत्रिका हेरेकै भरमा आपूm पनि योगाभ्यास गर्छन् । तर यसबाट रोगमा फाइदा हुनुको सट्टा झन् बिग्रने सम्भावना रहन्छ । योगासन र सूक्ष्म व्यायाम वा अन्य योग चिकित्सा अपनाउँदा सुरुमा चिकित्सककै प्रत्यक्ष निर्देशनमा रही वा चिकित्सकसँगै सिक्नुपर्छ । समस्याको गम्भीरताअनुरुप तपाईंलाई गर्न मिल्ने खालका योग विधिहरुको निर्धारण गरिनेछ र क्रमिकरुपमा यसको संख्या, गर्ने समयावधि बढाइनेछ । दुखाइको तीव्रावस्थामा विश्रामदायक आसनहरु मात्र गराई आरामको अवस्थामा राखिन्छ । त्यसपछि अति सरल मेरुदण्डीय सूक्ष्म व्यायाम, आसन तथा अन्य अभ्यास गराइन्छ । बिरामीलाई सहज भएपछि मात्र अवस्थाअनुरुप निर्धारित गरिएका आसनहरु मात्र अभ्यास गर्नुपर्छ ।

यदि तपाईंको दुखाइ बढी र दुखाइका साथमा अन्य लक्षणहरु पनि छन् भने यहाँ दिइएका योग विधिहरुको अभ्यास गर्नुपूर्व एकपटक आफ्नो समस्याको लागि योग चिकित्सक (योग शिक्षक होइन) वा प्राकृतिक चिकित्सकसँग नै भेटेर सल्लाह लिनुहोस् । कतिपय अप्रेसन गर्नै पर्ने भनिएका नसा थिचिएका समस्याहरु विनाअप्रेसन योग र प्राकृतिक चिकित्साबाट पनि पूर्ण निको भएका छन्, तर सही ढंगले उपचार गराउनु जरुरी छ ।


सेतुबन्धासन
कम्मरको नसा दुख्ने समस्यामा गरिने सेतुबन्धासनका केही विधिहरु तल बताइएअनुसार गर्न सकिन्छ ।

विधि (क)ः उत्तानो परी सुत्नुस् । दुवै हातलाई शरीरको दायाँ–बायाँ भुइँमा राखी खुट्टा खुम्च्याएर केही फरक पार्नुस् । अब श्वास लिंँदै कम्मरलाई भुइँबाट माथि उठाउनुस् र यस्तो अवस्थामा पाँच सेकेन्ड जति श्वास रोकेर अडिनुस् । अब बिस्तारै श्वास छोड्दै जीउ तल राख्नुस् । यसरी नै ३ देखि ५ पटक दोहोर्याउनुस् ।

विधि (ख)ः विधि (क)मा जसरी जीउ उठाइसकेपछि दुवै हातले कम्मरलाई अड्याएर माथि नै रोकिराख्नुस् र श्वासप्रश्वास क्रिया सामान्यरुपमा नै लिने–छोड्ने गरिरहनुस्, करिब ३–४ मिनेटपछि तल राखी खुट्टा सोझो पार्नुस् । यसरी नै अझै एक–दुई पटक दोहोर्याउन सकिनेछ ।

विधि (ग) पादउत्थित अवस्थाः विधि (ख)मा जस्तै गरी सेतुबन्धासनमा कम्मरलाई माथि राखेकै अवस्थामा दाहिने खुट्टा उठाउँदै सोझो पार्ने प्रयास गर्नुस् र सक्दो माथि लगेपछि स्थिर राख्नुस् । ५–७ सेकेन्डपछि बिस्तारै खुट्टालाई भुइँमा राखी तल राख्नुस् । यसै गरी देब्रे खुट्टाको पनि अभ्यास गर्नुस् । प्रत्येक खुट्टालाई २ देखि ५ पटक दोहोर्याउनुस् ।

विधि (घ) पादसञ्चालनः सेतुबन्धासनको विधि (ख) मा झैँ कम्मरलाई माथि राखेकै अवस्थामा दाहिने खुट्टा उठाउँदै सोझो पार्ने र खुम्च्याउने क्रियालाई २–३ पटक चलाउने गर्नुस् र बिस्तारै तल राख्नुस् । यसरी नै अर्को खुट्टाको पनि अभ्यास गर्नुस् ।

सामान्य लाभहरुः यस आसनले सम्पूर्ण कम्मर, खुट्टा र मेरुदण्डका भागहरुलाई लचिलो र बलियो बनाउँछ । कम्मर–ढाड दुखाइ, खुट्टाका हाड–जोर्नी र नसाका रोगहरु, पेटका केही समस्याहरु आदिमा यसको अभ्यासबाट लाभ मिल्छ । गर्भावस्थामा पनि यो आसन उपयोगी छ ।
सावधानीः बढी समस्या हुनेले केही दिन विधि (क) मात्र गर्नुस् र दुखाइमा सुधार भएपछि थप विधि (ख), (ग) र (घ) विधिहरुको अभ्यास गर्नुस् । खुट्टा उठाउने वा चलाउने अभ्यासमा शरीरलाई सन्तुलित अवस्थामा राख्नुस् । अभ्यास गर्न नसक्ने वा मोटा व्यक्तिहरुले (क) विधि मात्र गर्नुस् ।

हस्तपादउत्थित नाभ्यासन
नाभ्यासन र यसअन्तर्गत विभिन्न विधिहरु छन् । यहाँ नाभ्यासनमा कम्मर र खुट्टाको नसा दुखाइमा काम लाग्ने अभ्यासको बारेमा जानकारी दिइएको छ । विधिः घोप्टो परी सुत्नुस् र दुवै गोडा जोड्नुस् । दाहिने हातलाई कानसँगै अगाडि ल्याई र देब्रे हातलाई कम्मरसँगै हत्केला तल पारी सीधा राख्नुस् । अब श्वास लिंँदै छाती तथा दाहिने हात र हातभन्दा विपरीत (देवे्र) खुट्टा बिस्तारै (झट्का नदिईकन) सक्दो माथि उठाउनुस् र सोझो पार्नुस् । यही अवस्थामा पाँच सेकेन्ड जति श्वास रोकेर अडिनुस् । अब बिस्तारै श्वास छोड्दै छाती, हात र खुट्टा तल राख्नुस् ।

सामान्य लाभहरुः यस आसनले सम्पूर्ण शरीरलाई बलियो पार्छ र जीउ छरितो राख्छ । अपच, कब्जियत, अरुचि, ग्यास्ट्राइटिस, कम्मर–ढाड दुखाइ, खुट्टाको दुखाइ, मधुमेह, महिलाहरुको मासिक स्रावसम्बन्धी गडबडीलगायत पाठेघरका समस्याहरुमा पनि यस आसनले लाभ दिन्छ । सावधानीः महिनावारी, गर्भावस्था र पाठेघर सरेको समस्यामा महिलाहरुले यो आसन गर्नुहुँदैन । यसरी नै हर्निया, अण्डकोषको दुखाइ, पेटका अङ्गहरु सुन्निएको अवस्थालगायत छाती–ढाडको तीव्र दुखाइ, ज्वरो, पखाला, रिंगटा र कमजोरीमा यो आसन गर्नुहुँदैन ।

 विधि (क)ः घोप्टो परी सुत्नुस् र दुवै गोडा जोड्नुस् । दुवै हातलाई छातीको अगाडि ल्याएर कुहिनाहरु केही फरक पारी हत्केलामा चिउँडो टेकाई हात चिउँडो र गालामा पर्ने गरी राख्नुस् । दुवै खुट्टा केही फैलाई पञ्जाहरु विपरीत दिशातिर फर्काउनुस् । शरीरलाई आरामपूर्वक शिथिल राख्नुस् र श्वास सामान्य गर्नुस् । केही बेर यसरी नै बस्नुस् ।विधि (ख) पादसञ्चालनः मकारासनमा रही दुवै खुट्टालाई पालैसँग खुम्च्याएर नितम्बमा छुन प्रयास गर्ने र फैलाएर सीधा पार्ने गर्नुस् । यसरी नै दुवै खुट्टा एकसाथ पनि खुम्च्याउने–फैलाउने गर्नुस् । एक र दुई खुट्टाको यो अभ्यास ५–१०पटक गर्नुस् ।

सामान्य लाभहरुः यस आसनले मेरुदण्ड र खुट्टालाई बलियो पार्छ । यसको अभ्यासले खासगरी गर्दन दुख्ने, मेरुदण्डको हाड खिइने, नसा च्यापिने, मांसपेशीका समस्याहरुमा लाभ दिन्छ । महिलाको मासिक स्राव, यौनसम्बन्धी समस्या र केही गर्भासयका रोगमा पनि यस आसनले लाभ दिन्छ ।  सावधानीः तर महिनावारी, गर्भावस्थाको अवस्था र आङ खस्ने रोगका महिलाहरुले यो आसन गर्नुहुँदैन । यसरी नै हर्निया, अण्डकोषको दुखाइ, पेटका अङ्गहरु सुन्निएको अवस्था आदिमा यो आसन गर्नुहुँदैन ।

यस समस्यामा नाभिपरीक्षण तथा सन्तुलन विधि, केही शोधन विधि, प्राणायामहरु, मुद्रा, ध्यानलगायत सूक्ष्म व्यायाम आदिको अभ्यास गर्न सकिन्छ । यस्ता योग विधिहरुको अभ्यासले नसाको दुखाइ, त्यसबाट उत्पन्न मानसिक तनाव तथा अन्य शारीरिक समस्याहरुमा पनि
लाभ मिन्छ ।

ध्यान दिनुपर्ने कुरा

चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुनुस् ।

योगासनपूर्व दुखाइ र नसामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरुको प्रयोग गर्नुस् ।

ढाड जहिले पनि सीधा राख्नुस् । सही आसनमा मात्र बस्नुस् । बस्दा, सुत्दा, काम गर्दा ढाड सोझो पार्नुस् । बसेर उठ्दा वा ओछ्यानमा पल्टिँदा–उठ्दा कोल्टे परेर मात्र सुत्ने–उठ्ने गर्नुस् । बस्दा वा काम गर्दा बेल्ट वा पटुकाको सही प्रयोग पनि सहयोगी हुन सक्छ ।

गह्रौं वस्तु नउचाल्नुस् । निहुँरिएर काम नगर्नुस् ।

जथाभावी किसिमले अभ्यास नगरी योग तथा प्राकृतिक चिकित्सकको निर्देशनमा मात्र योगाभ्यास गर्नुस् ।

खुट्टा लाटो भएको छ, दिसापिसाब रोक्न नसक्ने अवस्था तथा पक्षघातजस्तो अवस्था छ भने
नसा तथा स्नायुरोग विशेषज्ञसँग सम्पर्क गर्नुस् ।

कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ । तर सरल विधिहरु जस्तै– योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनविना नसा च्यापिएको निको पार्ने प्रयास बुद्धिमानी हुन्छ । यसरी निको भएका प्रशस्त उदाहरणहरु पनि छन् । तर कुनै जटिल अवस्थामा शल्यचिकित्साको अनिवार्यता पनि रहन्छ ।

दुखेको भागमा तत्कालीन राहतको लागि तातोले सेक्ने, तातो पट्टी वा लेपन विधिहरु लगाउने, तातो पानीमा केही बेर खुट्टा डुबाउने आदि गर्न सकिन्छ । तर तेल लगाएर मालिस गर्ने, नियम नपुर्याई थिच्ने आदि गर्नुहुँदैन ।

मोटा व्यक्तिले तौल नघटाएसम्म नसा थिचिएकोमा पूर्ण ठीक हुन निकै गाह्रो हुन्छ । त्यसैले तौल नियन्त्रणको उपायतिर लाग्नुपर्छ
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z