मलसाप्रो बोकेर यसरी उड्यो काठफोर चरो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##


एजेन्सी : केही दिनअघि लण्डनको एक पार्कमा चकित पार्ने दृश्य देखियो । यो दृश्य काठफोर चराले मलसाप्रोलार्इ बोकरे उठाउँदै गरेको थियो । काठफोर चराले मलसाप्रोलार्इ आफ्नो पिठ्युमा बोकेरे उडेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फोटोग्राफर मार्टिन ले मेले लण्डको पार्कमा पत्नीसँगै घुमिरहेका बेला उनले अचानक काठफोर चरो मलसाप्राको बच्चोसहित उडिरहेको देखे । काठफोर चरो जमिनमा चरिरहेको अवस्थामा मलसाप्रोले उसमाथि धावा बोलेको थियो । मलसाप्रोले उसको मुन्टोमा धावा बोलेपछि उसले उडान भरेको हो ।

काठफोरले आफूमाथि आक्रमण गर्ने मलसाप्राबाट जोगिन उड्न खोज्यो । उड्न खोज्दा पनि मलसाप्राले उसलार्इ छोडेन । काठफोडले आफूलार्इ आक्रमण गरिरहेकै अवस्थामा जमिन छोड्यो । काठफोर उडेपछि मलसाप्रो पनि उसको पिठ्यूमा चढेर उसँगै उड्यो ।

मार्टिनले यही अनौठो दृश्यलार्इ क्यामेरामा कैद गर्न भ्याए । केही बेर मलसाप्रोसहित उडेको काठफोर चरो त्यसपछि जमिनमा बजारिएको थियो । मार्टिन त्यहीँ भएकाले काठफोडमाथि मलसाप्राले पुन: धावा बोल्न पाएन ।


उनलार्इ देखेपछि मलसाप्रो त्यहाँबाट भागेको थियो । मलसाप्रोलार्इ पिठ्युबाट भुर्इँमा बजारेपछि काठफोर त्यहाँबाट पुन: उड्न भ्याएर ज्यान जोगाउन सफल भयो
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z