भट्टराईको अभिव्यक्तिप्रति नेकपा–माओवादीद्वारा भर्त्सना
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

एमाओवादी नेता बाबुराम भट्टराईले भारतीय पत्रिकालाई दिएको अन्तर्वार्तामा भारतलाई नेपालमा हस्तक्षेपका लागि आमन्त्रण गरेको भन्दै नेकपा–माओवादीले भर्त्सना गरेको छ। २० फागुनमा नेकपा–माओवादीले विज्ञप्ती जारी गर्दै भारत भ्रमणमा रहेका एमाओवादी नेता बाबुराम भट्टराईले सञ्चारमाध्यमार्फत नेपालको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिबारे आफ्नो दलको ध्यानाकर्षण भएको उल्लेख गरेको छ । नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले भट्टराईले १८ फागुनमा प्रकाशित एक दैनिकमा दिएको अर्न्तवार्तामा ‘नेपालको शान्ति प्रक्रियाको भारत एउटा सम्बन्द्ध पक्ष भएको, नेपालको शान्ति प्रक्रिया सही किसिमले पुरा नगरिए त्यसको नकारात्मक प्रभाव भारतमा पर्ने र सन् २००६ मा प्रारम्भ गरिएको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्या उनलाई भारतको सकारात्मक भूमिका आवश्यक पर्ने’ भनेका थिए । भट्टराईको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामाथि छिमेकी देशलाई हस्तक्षेपका लागि आमन्त्रण गर्ने आशय प्रकट गरेको भन्दै भट्टराईको अभिव्यक्तिको भर्त्सना गरेको छ।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses