बेहुली लिन गएका ७० जन्ती बेहुला/बेहुलीसहित प्रहरी नियन्त्रणमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सिन्धुपाल्चोकको इचोकबाट जन्ति लिएर सिन्धुकोट गएका ७० जना जन्तिलाई बेहुला/बेहुलीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
मेलम्ची नगरपालिका ४, सिन्धुकोटकी १४ वर्षीया कविता सेन्चुरीलाई दुलही बनाउन ७० जना जन्तीसहित पुगेका १६ वर्षीय करण रसाइलीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
बालबिवाह गरेको भन्दै स्थानीय रूपमा सक्रिय बालक्लबले प्रहरीमा खबर गरेपछि उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन्।
‘विहे गर्ने उमेरै नभएकाले उहाँहरूलाई हामीले धेरै सम्झायौ, केही नलागेपछि प्रहरीलाई खबर गरेका हौ,’ स्थानीय बाल सञ्जालक सुनिल मिजारले भने।
इलाका प्रहरी कार्यालय मेलम्चीमा प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उनीहरूको मागी विवाह भएपनि बाल विवाह गरेको उजुरी आएपछि जन्तीसहित नियन्त्रणमा लिएको हो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z