बंगलादेशले नेपालको बिजुली किन्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं— बंगलादेशले भारतीय जिएमआर कम्पनीले बनाउन लागेको माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी–२ बाट ५ सय मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंमा बिहीबार सुरु हुने तीनदिने जलविद्युत सम्मेलन क्रममा बंगलादेशको पावर डिभिजन र जिएमआरबीच विद्युत खरिद समझदारी हुन लागेको हो।
प्रधानमन्त्री सुशील कोइरालाको रोहबरमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद र जिएमआरका नेपाल प्रमुख हरबिन्दर मनोचाले समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्।
गत कात्तिकमा १८ औं सार्क शिखर सम्मेलन क्रममा सार्क सदस्यराष्ट्रबीच बिजुली आदानप्रदान तथा ऊर्जा व्यापार गर्ने उद्देश्यले सार्कस्तरीय विद्युत व्यापार सम्झौता (पिटिए) भएको थियो। बंगलादेशलाई बिजुली बेच्ने समझदारी यो सम्झौताको पहिलो सुरुआत हो।
सार्क पिटिएले नेपाललाई आवश्यक पर्दा जुनसुकै देशबाट बिजुली किन्न सक्ने र बढी हुँदा बेच्न सकिने बाटो खुला गरेको छ। नेपालले केही समयअघि मात्र भारतसँग विद्युत खरिद सम्झौता (पिटिए) गरेको थियो।
'भारतमा भन्दा बंगलादेशमा बिजुलीको राम्रो बजार पाइएको छ, त्यसैले हामी बंगलादेश प्रवेश गर्न खोजेका हौं,' जिएमआरलाई उद्धृत गर्दै लगानी बोर्ड स्रोतले नागरिकसँग भन्यो, 'यहाँ उत्पादित बिजुली किन्ने समझदारीपछि विद्युत खरिद सम्झौता (पिपिए) को प्रक्रिया अघि बढाउन कम्पनी तयार छ।'
समझदारीपछि यहाँ उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छ। यो देशका लागि सकारात्मक पक्ष रहेको बोर्ड अधिकारी बताउँछन्।
विगत दुई वर्षदेखि नै बंगलादेश यहाँबाट बिजुली किन्न इच्छुक रहेकाले यो समझदारी नेपालको बिजुली तेस्रो मुलुकको बजारमा पुग्ने पहिलो माध्यम हुने ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए ।
'बंगलादेशले सुरुमा ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दीको २ सय मेगावाट किन्ने इच्छा देखाएको छ,' उनले मंगलबार नागरिकसँग भने, 'यो समझदारी बंगलादेशको पावर डिभिजन र जिएमआरबीच हुने हो, नेपाल सरकारको संलग्नता हुँदैन तर सरकारले समन्वयको भूमिका खेल्न सक्छ ।'
गत वर्ष काठमाडौंमा भएको सार्कस्तरीय जलविद्युत सम्मेलनमा बंगलादेशका सरकारी अधिकारीले जिएमआरको आग्रहमा माथिल्लो मस्र्याङ्दी आयोजनास्थल अवलोकनसमेत गरेका थिए । 'यहाँको बिजुलीले बंगलादेशको बजार पाउनु सकारात्मक पक्ष हो,' प्रवक्ता अधिकारीले भने, 'यसले बिस्तारै अन्य देशसँग पनि व्यापारको ढोका खोल्नेछ ।' यो सम्झौतासँगै जलविद्युतमा विदेशी लगानी भित्रन बाटो अझ सहज हुने अधिकारीले जनाए ।
नेपालबाट बंगलादेशले अहिले ५ सय मेगावाट बिजुली किन्ने समझदारी गर्नेछ । त्यसमध्ये २ सय मेगावाट माथिल्लो मस्र्याङ्दी र बाँकी ३ सय माथिल्लो कर्णाली (९ सय मेगावाटको) बाट किन्न जिएमआरले आग्रह गरिसकेको जनाइएको छ । माथिल्लो कर्णालीको ४ सय मेगावाट बिजुली नेपाललाई नै बेच्ने जिएमआरको भनाइ छ । कर्णालीमा सरकारलाई १ सय ८ मेगावाट बिजुली र २७ प्रतिशत सेयर निःशुल्क दिएको कम्पनीले पहिला नेपालकै माग पूरा गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।
बंगलादेशलाई बिजुली बेच्ने विषयमा कर्पोरेट कार्यालयले प्रयास गरिरहेको जिएमआरका एक उच्च अधिकारीले जानकारी दिए । यी दुवै आयोजनाको बिजुली बंगलादेशलाई बेच्न सकिने कम्पनीको भनाइ छ ।
'बंगलादेशको तुलनामा भारत नजिक पर्छ, त्यहाँ बिजुली बेच्न सस्तो हुन सक्छ,' ती अधिकारीले नागरिकसँग भने, 'तर सस्तो बिजुलीको बजार जहाँ पाइन्छ, हामी त्यहीँ बेच्छौं । हाम्रा लागि बंगलादेश पनि आकर्षक बजार हो ।'
राजधानीमा बिहीबार सुरु हुने सम्मेलनमा सरकार र निजी क्षेत्रसँग मिलेर आयोजना निर्माण गर्नेबारे पनि बंगलादेशले छलफल गर्ने ऊर्जा मन्त्रालयका अधिकारीले जानकारी दिए । बंगलादेशको अनलाइन संस्करण 'इनर्जी बंगला डटकम' ले समेत बिहीबार काठमाडौंमा हुने जलविद्युत सम्मेलन क्रममा ५ सय मेगावाट बिजुली किन्नेबारे नेपालसँग समझदारी हुन लागेको उल्लेख गरेको छ ।
'नेपालबाट बिजुली किन्ने, जलविद्युतमा संयुक्त लगानी गर्ने र ज्ञान आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीमा छौं,' बंगलादेशका ऊर्जा सल्लाहकार इल्लाही तावफिक चौधरीले उक्त साइटमा भनेका छन् ।
देशको ऊर्जा सुरक्षाका लागि बंगलादेशले नेपाललगायत, भारत र भुटानबाट समेत बिजुली किन्ने लक्ष्य राखेको छ । बंगलादेशका राज्यमन्त्री हमिदको नेपाल भ्रमण काठमाडौं–ढाकाबीच सोझै प्रसारण लाइन जोड्ने विषयमा केन्द्रित हुने पनि उक्त अनलाइनले उल्लेख गरेको छ ।
अनलाइनमा त्यहाँका ऊर्जा सल्लाहकारले भनेका छन्, 'हाम्रो योजना जिएमआरमार्फत दुई देशबीच बिजुली आदानप्रदानको समझदारी गर्ने हो, सोही समयमा जलविद्युत तथा पूर्वाधारमा लगानी गर्ने प्रस्ताव राखिनेछ ।' ऊर्जामन्त्री राधा ज्ञवालीले गत भदौमा बंगलादेशको क्षेत्रीय विद्युत सम्मेलनमा जाँदा पनि बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा प्रवेश गर्न चाहना राखेको बताएकी थिइन् ।
ऊर्जा सुरक्षाका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय प्रसारण लाइन निर्माणमा समेत बंगलादेशले जोड दिएको छ । बंगलादेशले भारतको पश्चिम नाकास्थित कुस्टियाको भेरामराबाट ५ सय मेगावाट बिजुली किनिरहेको छ।

###

0 comments
Write Down Your Responses