कस्तो रंगको पिसाब आउँछ तपाईको ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मिर्गौलाको माध्यमद्वारा रगतबाट अतिरिक्त पानी र विकारपदार्थ निकाल्ने प्राकृतिक तरिका पिसाब हो । पिसाबको रंग हल्का पहेलोदेखि अलि गाढा पहेलोंसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेलो आएको छ भने चिन्ता गर्नुपर्दैन । तर, एकभन्दा बढी दिन यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।
स्वस्थ पिसाबको रंग स्पष्ट या पहेलो हुन्छ । यसको अर्थ हो शरीरले राम्रोसंग काम गरिरहेको छ । शरीरमा अत्यधिक पसिना आउनाले या कम हाइड्रेसनका कारण पिसाबको रंग पहेलों हुन्छ । यस्तो अवस्थामा धेरै पानी पिउन सल्लाह दिइन्छ । औषधिका कारण पिसाबको रंग गाढा पहेलों हुन सक्छ । यस्तो अवस्थामा सकेसम्म छिटो डाक्टरको सल्लाह लिनुपर्छ । कलेजोमा आएको समस्या या हेपाटाइटिसका कारण यस्तो भएको हुन सक्छ । दुधजस्तै सेतो पिसाब पिसाब आउने मार्गको संक्रमण या मिर्गौलाको पत्थरीमा ब्याक्टेरियाको वृद्धिको संकेत हुन सक्छ । यस्तो बेलामा पनि तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।
कहिलेकाही पिसाबको रंग रातो या गुलाबी हुन सक्छ । यदि रातो रंगबाट बनेको खाना या चुकन्दर या ब्ल्याकबेरीजस्ता प्राकृतिक रातो रंगको उपभोग गरिएको छ भने पिसाब रातो हुन सक्छ । यदि यस्तो खाना खाइएको छैन भने पिसाबबाट रगत आएको संकेत हुन सक्छ । पिसाब नलीको संक्रमण, मिर्गौलामा पत्थरी या बढी शारीरिक अभ्यासका कारण राता रक्तकोशिका टुट्दा यस्तो हुन सक्छ । यस्तै, पिसाबको समस्या कम गर्ने औषधि या गाजरको रस सेवनका कारण पनि पिसाबको रंग परिवर्तन हुन सक्छ । कहिलेकाही केही खालका आनुवंशिक रोगका कारण  पिसाबको रंग निलो आउन सक्छ । तर,  पिसाबको रंग किन परिवर्तन भयो भन्नेबारेमा यकिन हुनुहुन्न भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् । पिसाबको रंग परिवर्तन गम्भिर रोगको संकेत पनि हुनसक्छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z