बागलुङमा कांग्रेसले जित्यो, एमाओवादीको जमानत नै जफत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बागलुङ : बागलुङको निर्वाचन क्षेत्र नम्वर एकमा शनिबार सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा कांग्रेसले जितेको छ। कांग्रेसकी चम्पा खडका विजयी भएकी छन्।
निकटम प्रतिद्वन्धीमा एमालेका उम्देवार छन्।बागलुङको उपनिर्वाचनमा एमाओवादीको जमानत नै जफत भएको छ। अघिल्लो चुनावमा यही क्षेत्रमा एमाओवादीले छ हजार मत प्राप्त गरेको थियो।तर यसपटक उसको स्थिति निकै खस्केको छ।
मतगणनाको पछिल्लो नतिजा अनुसार कांग्रेसका चम्पा खडकाले १७१५४ मत प्राप्त गरेकी छन् भने एमालेका मन केसीले १५०६८ मत प्राप्त गरेकी छिन्। त्यसैगरी तेस्रो स्थानमा एमाओवादीका कृष्णबहादुर केसीले २५०५ मत प्रप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाले १९४९ मत ल्याएको छ।
यो क्षेत्रमा कुल ३८ हजार मत खसेको थियो। जमानत जोगाउनका लागि आवश्यक पर्ने दस प्रतिशतको प्रावधानअनुसार एमाओवादीले कम्तीमा ३८ सय मत ल्याउनुपर्नेमा एमाओवादीले त्यो संख्या पुर्याउन सकेन। मतगणनाको अहिलेसम्मको अवस्था हेर्दा थप अठार सय मत ल्याउन एमाओवादीलाई कठिन देखिएको छ।
एमाओवादीले सुरुमा पार्टी प्रवक्ताद दिनानाथ शर्मालाई टिकट दिएकोमा उनले बिरामी भन्दै टिकट फिर्ता गरेका थिए। बाहिर स्वास्थ्यको कारण देखाए पनि स्थिति खराब रहेको बुझेर नै उनले पाइसकेको टिकट पनि फिर्ता गरेका थिए।
नेपाली कांग्रेसका निर्वाचित हरी खड्काको दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।शनिबार सम्पन्न चुनावमा करिव ७० प्रतिशत मतदान भएको अनुमान गरिएको थियो। त्यस क्षेत्रमा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन्।

###
0 comments
Write Down Your Responses