झापामा व्यवसायीको गोली हानी हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :डाँका समूहको प्रतिकारमा उत्रिदा घाइते भएका मृतक देवकुमारका छोरा रोशन श्रेष्ठ।
झापाः झापाको दक्षिणी गाविस पृथ्वीनगर-८ हिमाली चोकका एक व्यवसायी डाँकाको समूहले धारिलो हतियार र गोली हानेर हत्या गरेका छन्। मध्यराति भारतबाट करीब २० जनाको समूहमा आएका डाँकाहरुले व्यावसायी देवकुमार श्रेष्ठको हत्या गरेका हुन्।
उनको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बताए।
घरमा लुटपाट गर्न आएका भारतीय डाँका समूहको प्रतिकारमा उत्रिएका श्रेष्ठकी श्रीमती गंगा र छोरा रोशन गम्भिर घाइते भएका छन्। उनीहरुको पनि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। छोरा रोशनको टाउकोमा डाँकाले हानेको गोली लागेको छ।बमको छर्रा लागेर घाइते भएकी उनका एक जना छिमेकीको समेत ओमसाई अस्पतालमा उपचार भइरहेको छ।
श्रेष्ठ हिमालीका ठूला व्यापारी हुन्। स्थानीयबासी लक्ष्मी मिश्रका अनुसार देव कुमारलाई पहिला डाँकाले मरणासन्न हुने गरी कुटेको, धारिलो हतियारले काटेको र पछि गोली हानेरे हत्या गरेका थिए।
डाँकाको समूहले श्रेष्ठको घरबाट दस तोला सुन र एक लाख ८० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ। स्थानीयबासीलाई घर बाहिर ननिस्कन भन्दै दसवटा भन्दा बढी बम पड्काएको स्थानीयबासी मिश्रले बताए। उनीहरुले कैयौं पटक हवाइ फायर समेत गरेको उनको भनाई छ।
स्थानीयबासीका अनुसार श्रेष्ठको घरमा डाँकाको समूह छिर्ने बित्तिकै स्थानीय प्रहरी चौकीमा खबर गरेको भए पनि पर्याप्त प्रहरीको संख्या नभएको भन्दै प्रहरी समयमा घटनास्थल पुगेन। केही क्षण पश्चात उक्त प्रहरी चौकीका इन्चार्जले फोन बन्द गरेको स्थानीयबासी मिश्रले बताए।
डाका समूहको आक्रमणबाट पृथ्वीनगरको हिमाली चोकका बासिन्दा त्रसित छन्। झापाका दक्षिणी गाविसहरु पृथ्विनगर, बनियानी, पथरिया लगायतका गाविसका सर्वसाधारण भारतबाट आउने डाँकाको आक्रमणबाट बर्षौदेखि पीडित हुँदै आएका छन्।

###
0 comments
Write Down Your Responses