शनिबारदेखि लोडसेडिङ दुई घण्टा घट्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ दैनिक दुई घण्टा घटाउने भएको छ। दैनिक १० देखि ११ घणटाको लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब दैनिक ८ घण्टा लोडसेडिङ कायम गर्ने भएको हो। प्राधिकरणले सुर्यास्तको समय परिवर्तन तथा कुलेखानीको जलाशयको पानी सञ्चितीसमेत अनुकुल रहेकोले लोडसेडिङ घटेको जनाएको छ।
लोडसेडिङको चरम मार खेपेको नेपालले गत वर्ष मात्रै दुई सय मेगावाट विद्युत भारतबाट आयात गर्नु परेको थियो। यता, चालु वर्षमा २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिसकिएको छ। तर, माग भने हरेक वर्ष १ सय मेगावाटका दरले बढ्ने गरेको छ।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses