निकुञ्जबाहिरबाट रेलमार्ग बनाउन अध्ययन सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, वैशाख १ - चितवन राष्ट्रिय निकुञ्जको भित्रिभाग हुँदै पूर्व-पश्चिम रेलमार्ग बनाउने प्रस्तावित योजनाको विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैकल्पिक मार्ग पहिचान गरेको छ । निकुञ्जभित्रबाट रेलमार्ग बनाउँदा दुर्लभ एकसिंगे गैंडा र पाटे बाघको बासस्थान खलबलिने भन्दै वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग र वन्यजन्तु संरक्षणमा काम गर्ने निकाय र विशेषज्ञहरूले विकल्प खोज्न सुझाएका थिए ।
'वाग्मती नदी (रौतहट) बाट हेटौंडा हुँदै भरतपुर जोड्ने गरी रेलमार्ग बनाउन सम्भाव्यता अध्ययन भइरहेको छ,' भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले संसदको वातावरण संरक्ष्ाण समितिको बैठकमा आइतबार भनेे, 'त्यसो हुन सके निकुञ्जभित्रको सम्भावित क्षति रोकिनेछ ।' उनले वाग्मतीबाट हेटौंडा हुँदै भरतपुर-नारायणगढ जोड्न असम्भव भएमात्रै निकुञ्जभित्र जाने प्रस्ट्याए । उनले निकुञ्जभित्रैबाट रेलमार्ग निर्माण गर्नुपर्ने अवस्था आएमा वन मन्त्रालय, विशेषज्ञ र सम्बद्ध पक्षसँग छलफल गरी कम क्षति र वन्यजन्तुलाई अवरोध नपुग्ने खालको संरचनामा ध्यान दिइने पनि उनले बताए । उनले भने, 'जमिनमाथि र जमिनमुनि संरचना बनाएर क्षति न्यून गर्नेतिर ध्यान दिनेछौं ।'
भौतिक पूर्वाधार मन्त्रालय मातहतको रेल्वे विभागले बाराको सिमराबाट ठोरी-माडी हुँदै चितवन निकुञ्जको भित्रिभागबाट त्रिवेणी र बुटवल-लुम्बिनी जोड्ने गरी पूर्व-पश्चिम रेलमार्गको सर्भे गरेको थियो । त्यसरी रेलमार्ग विस्तार गर्दा निकुञ्ज विखण्डन हुन गई वन्यजन्तुको बासस्थान र आहारमा समस्या हुने र दुर्लभ वन्यजन्तुलाई ओहोरदोहोरमा समस्या पर्न सक्ने भन्दै सरोकारवाला निकाय र विशेषज्ञहरूले आपत्ति जनाएका थिए ।
बैठकमा वन मन्त्रालयका निमित्त सचिव विश्वनाथ ओलीले निकुञ्जभित्रैबाट रेल, हुलाकी राजमार्ग, ट्रान्समिसनलगायत अन्य संरचना विस्तार गर्ने हो भने बाघ र गैंडा संरक्षणका लागि विश्वमै नाम कमाएको सम्पदा जोखिममा पर्ने बताएका थिए । राष्ट्रिय गौरवका ६ वटा आयोजना सम्पन्न गर्दा निकुञ्ज क्षेत्र पर्ने हुँदा क्षति बढ्न सक्ने भन्दै वन मन्त्रालयले सम्बद्ध पक्षलाई सचेत गराउँदै आएको छ ।
वाइल्डलाइफ सफारीका लागि विश्वमै तेस्रो र संसारभरका निकुञ्जमध्ये १९ औं स्थानमा परेको चितवन निकुञ्जको अस्तित्व नामेट हुने गरी संरचना निर्माण गर्न नहुने तर्क ओलीले गरे । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म चितवन निकुञ्जमा करिब एक लाख १० हजार पर्यटक भित्रिएका छन् भने झन्डै १६ करोड रुपैयाँ राजस्व जम्मा भएको छ ।

###
0 comments
Write Down Your Responses