ल्यान्डिङ गियरमा बसेर दुर्इ घण्टा आकाशमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जहाजसँगै ३४ हजार फिटमाथि उड्दा पनि जीवितै
एजेन्सी : मानिसका सौख पनि विचित्रका हुन्छन् । आफ्नो ज्यान जोखिममा पारेर मानिसहरु आफ्नो सौख पुरा गर्न अनेक हर्कत देखाउन तयार हुन्छन् । यस्तै एउटा डर लाग्दो काम गरेपछि इन्डोनेसियाका एक युवा केही दिनदेखि चर्चामा छन् ।
इन्डोनेसियाका ती युवाको सानैदेखिको सपना खुला आकाशबाट जाकर्ता सहर हेर्नु थियो । त्यसका लागि कुनै सहासिक काम गर्नुपर्थ्यो ।
बेलायती चर्चित अनलाइन द गार्जियनका अनुसार आफ्नो सौख पुरा गर्न २१ वर्षीय मारिया स्टिभन अम्बारिता दुस्साहस नै गर्न पुगे । तीन दिनअघि मारियो स्टिभन अम्बारिता इन्डोनेसियाको सुमात्रा टापुको पेकन बारु एयरपोर्टबाट जाकर्ता जान लागेको जहाजको ल्यान्डिङ गियरमा बसे ।
विमानस्थल प्रशासन र सुरक्षाकर्मीको समे आँखा छल्दै गरुडा इन्डोनेसिया एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा बसेका उनलार्इ समेत लिएर जहाज जकर्ताका लागि उड्यो ।
३४ हजार फिट उचार्इमा जहाज उड्दा उनले रगत नै जमाइदिने चिसो तापक्रम सहे । चिसोले हातको औंला निलो भए । आकाशमा जहाज उडिरहँदा उनको कानबाट रगत निस्कन थाल्यो । यो प्रक्रिया दुर्इ २ घण्टासम्म चलिरह्यो ।
द सिड्नी मर्निङ हेराल्डका अनुसार यो सब सहेर पनि उनले हिम्मत हारेनन् । ज्यान नै जाने अवस्थामा पनि उनी ल्यान्डिङ गियरमा झुण्डिरहे । जहाजको दुर्इ घण्टासम्मको यात्राका क्रममा आफ्नो ज्यान जोगाएका उनी ल्यान्डिङ गियरमै बसेर जहाजसँगै जकार्ता विमानस्थलमा उत्रिए ।
मारियो स्टेभन अम्बारितालार्इ अस्पताल लगिँदै
जकार्ता विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा ल्यान्डिङ गियरमा मानिस बसिरहेको देखेपछि सुरक्षाकर्मी समेत चकित भए । एयरपोर्टमा ल्यान्डिङ गियरमा बसिरहेका अम्बारितालार्इ गम्भीर अवस्थामा देखेपछि तत्कालै निकालेर अस्पताल पुर्याइयो ।
जहाजको ल्यान्डिङ गियरमा मानिस बसेको भेटिएपछि इन्डोनेसिया सरकारले सुरक्षामा कडार्इ गर्न निर्देशन दिएको छ । पुन: यस्तो घटना भएमा विमानस्थल सुरक्षाको जिम्मा लिएका अधिकारीमाथि कारबाही थालिने चेतावनी समेत इन्डोनेसियन सरकारले दिएको छ ।
अम्बारिताले सुरक्षा अधिकारीलार्इ बताएअनुसार यस्तो सहासिक यात्रा गर्ने योजना उनले एक वर्षअघि बनाएका थिए ।
मारियो स्टेभन अम्बारिताको अस्पतालमा उपचार गरिँदै
'जाकार्ता मेरा जन्मस्थान हो । त्यहाँ यसरी पुग्ने मेरो जिन्दगीको सपना थियो', उनले भनेका छन्, 'पछिल्लो १० दिनदेखि पेकन बारू विमानस्थलको गतिविधि हेरिरहेको थिएँ, मौका मिल्नासाथ जहाजको ल्यान्डिङ गियरमा बसेर उडेँ ।'
उनले यो सहासिक यात्रा गर्ने कला इन्टरनेटबाट सिकेको बताएका छन् । विमानमा लुक्ने कलासमेत इन्टरनेटबाटै सिकेर सुरक्षानिकायलार्इ छक्याउँदै ल्यान्डिङ गियरमा बस्न सफल भएको उनको भनाइ छ

###
0 comments
Write Down Your Responses