संसारकै धनी भिखारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हामी जहिले पनि दुनियाको धनी व्यक्ति को ?? भनेर मात्र कुरा गर्ने गर्छौ । तर आज हामी तपाईलाई यस्तो भिखारीको जानकारी गराउदै छौ, जो भिख मागेरै निकै धनी भएका छन् ।देसी सिनेमाका अनुसार भारतको मुम्बईमा रहने भारत जेन कयौ वर्षदेखि भिख मागिरहेका छन् । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, लगभग आठ घण्टा सम्म भिख माग्दा पनि उनको पकेटमा दुई देखि ढाई हजार रुपैया सम्म हुने गर्छ ।
भारतमा भीख माग्ने व्यवसाय गर्नेहरु पुरा २ सय करोडको संख्यामा रहेको उल्लेख गरिएको छ । तपाईहरुलाई जानकारीका पनि भनौ, भिख मागेर जम्मा गरेको रकमले ८० लाखको दुई घर भारत जेनको आसपासमा छ । भिख मागेरै हर महिना ७५ हजार सम्म जेनले आरामसंग कमाउने गरेको उनले बताएका छन् ।
एक फ्लाटमा उनको श्रीमती र दुई सन्तान रहने गर्छन् । उनको सन्तान एक १० र अर्को १२ कक्षामा अध्ययन गर्छन् । अर्को फ्लाटमा भने जेनले भाडामा दिएका छन् । भाडामा दिएबापत उनले हरके महिना १० हजार रकम लिने गर्छन् । ( एजेन्सीको सहयोगमा )

###


0 comments
Write Down Your Responses