नेपालीका लागि इजरायलमा रोजगारी फेरि खुल्यो यस्तो छ इजरायल जाने प्रक्रिया
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

काठमाडौ, चैत्र २९ - वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैंले निःशुल्क रूपमा कामदार पठाउने भएको हो ।
वाषिर्क १४ हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ) भन्दा बढी कमाइ गर्न सक्ने र कामदार सुरक्षित रहने हुनाले इजरायल नेपालीको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्ने छ। कामदारहरूको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर, उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ।
नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालयमा पुगेको छ। इजरायलले वाषिर्क १ हजार ५ सय जनासम्म लिने जानकारी दिएको छ। त्यसमध्ये पहिलो चरणमा १ सय ५० जना लिने तयारी गरेको छ। नेपाली म्यानपावर कम्पनीले कामदारबाट १० लाख रुपैयाँभन्दा
बढी असुलेको भन्दै ७ वर्षअघि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो। पछिल्लो समय इजरायलले सरकारीस्तरमा निःशुल्क कामदार लिने प्रस्ताव गरेअनुसार सहमति हुन लागेको हो।
'सरकारी स्तरमा नेपाली कामदार जाने प्रक्रिया दुई साताभित्र आरम्भ गरिनेछ,' श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले कान्तिपुरसँग भने।
इजरायलमा नेपाली कामदारको माग रहेकाले जतिसक्दो छिटो पठाउने प्रक्रिया अघि बढाउनुपर्ने इजरायलका लागि नेपाली राजदूत प्रह्लाद प्रसाईंले टेलिफोनमा बताए। 'यहाँ कामदारको अधिकार इजरायली नागरिकसरह हुने हुँदा यो निकै सुरक्षित गन्तव्य हो,' उनले भने। हाल इजरायलमा करिब चार हजार नेपाली कार्यरत छन्। कान्तिपुर दैनिकमा खबर छ ।

###
1 comments
Write Down Your Responses
May 1, 2015 at 3:12 AM
Purush Mahila Dubai Lai ho ?