बागमती सफाइमा पुगेका नेताले के भने?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-सय साता पुगेको अवसरमा बागमती सफाइ अभियानले शनिबार बृहत सरसफाइ कार्यक्रम आयोजना गर्‍यो। सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता रहयो। राष्ट्रिय गानबाट सुरु भएको महाअभियानमा सहभागी प्रधानमन्त्रीसहितका नेताहरुले यो अभियानले आम जनतामा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।



बागमती सफाइ महाअभियानअन्तर्गत आज बिहान पशुपतिक्षेत्र नजिक तिलगंगामा पुगेका प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै  त्यसमा ढुक्क हुन आग्रह गरेका छन्। उनले तिलगंगा क्षेत्रमा भएको सभालाई सम्बोधन गर्दै हिमाल, पहाड, तराई, महिला, आदिवासी, जनजाति सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुने बताए।


बागमती सफाइ अब साझा अभियान हुनुपर्छ भन्दै उनले महाअभियानमा जुट्न सबैलाई आग्रह गरे। तिलगंगा क्षेत्रमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।


नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाग्मती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्ने बताए।

महाअभियानमा सहभागी हुन थापाथली क्षेत्रमा पुगेका ओलीले फोहरमैलाको समुचित व्यवस्थापन गरेर मुलुकवासी र विश्वलाई नयाँ सन्देश दिनुपर्ने विचार व्यक्त गर्दै स्वच्छ वातावरण भए देशको गौरव र प्रतिष्ठा बढ्ने बताए।

Online2

नेपालको सभ्यता बाग्मतीको सभ्यतासँग गाँसिएको बताउँदै उनले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे। सो स्थानमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका मुख्य सचेतक अग्नि खरेल, एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललगायत सहभागी थिए।



त्यस्तै, बागमती सफाइ महाअभियान सहभागी हुन तीनकुने पुगेका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अभियानमालागेकालाई हौसला प्रदान गरेका थिए।



अध्यक्ष दाहालसँगै नेता बाबुराम भट्टराई पनि सोही स्थानमा सहभागी थिए। अभियानमा सरिक हुनेक्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै दाहाललेले बागमतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न आज भएको उत्साहजनक सहभागिताले  सबैलाई प्रेरणा मिलेको बताए।

उनले सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई पनि यस्तै एकताका साथ अगाडि बढाउन महाअभियानले बल पुर्‍याउने विश्वास व्यक्त गरे।

संविधान निर्माणमा पनि यस्तै ऐक्यबद्धता रहोस् : नेम्वाङ


संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्ने बताएका छन्।

महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कुपण्डोल पुगेका अध्यक्ष नेम्वाङले बाग्मती सफा गर्न निर्मित मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गरे।‘आज जसरी मानव साङ्गो बनेको छ,त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु,’उनले भने।

महाअभियानलाई सफल पार्न काठमाडौँवासी बागमती नदी किनारमा ओइरिएका छन्। अपेक्षा गरेभन्दा कैयौँ गुणा ज्यादा कार्यक्रममा सहभागी भएपछि त्यसलाई व्यवस्थित गर्न भने हम्मेहम्मे परेको थियो। रासस
एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z