क्यान्सर निको पार्न यस्तो काइदा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : क्यान्सरबाट पीडित एक चिनियाँ युवाले आफूलार्इ निको पार्न अनौठो उपाय निकालेका छन् । अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि २५ वर्षीय चिनियाँ युवाले क्यान्सरका जीवाणु मार्ने नयाँ जुक्ति निकालेका हुन् ।
ल्यूकेमिया क्यान्सरबाट पीडित २५ वर्षीय चिनियाँ युवा जिया बिनहुर्इलार्इ विशेषज्ञहरुले ४२ डिग्रीको तापक्रमले क्यान्सरका जीवाणु मार्ने बताएपछि उनी दैनिक आगोमाथि सुतिरहेका छन् ।
मेट्रोका अनुसार दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको युनलोङ प्रदेशका यी युवाले क्यान्सर निको पार्ने भन्दै आगोमाथि सुतेर आफूलार्इ यातना दिइरहेको खबरले चर्चा पाएको छ ।
सन् २०१३ मा उनलार्इ रक्त क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सरबाट स्तब्ध भएका उनले आफन्त र सहयोगीबाट करिब ५० हजार युआन अर्थान ८ लाख नेपाली रुपैयाँ जुटाएर उपचार पनि गरे । तर, त्यतिलेमात्र उनको क्यान्सर निको भएन ।
क्यान्सरको निरन्तर उपचार र औषधि खाने क्रममा उनले आफ्नो सारा सम्पती र घरबारी समेत गुमाए । उपचारमा सबै सम्पत्ती सकेपछि उनको परिवार मजदुरी गर्न बाध्य भयो ।
उपचारका लागि अरु कुनै विकल्प नभएपछि उनले क्यान्सरका जीवाणु मार्न अघिल्लो वर्षबाट उनी आगोमा पाकिरहेका हुन् । उच्च तापक्रमले क्यान्सरका जीवाणु मारेर आफू निको हुने आशमा उनी डढिरहेका हुन् ।
'अस्पताल गएर उपचार गर्न म सँग पैसा छैन', उनले भनेका छन्, 'घरैमा आफैंले उपचार खोजिरहेको छु । यसले निको हुने विश्वास छ ।'
घर नजिकै दैनिक आगो बालेर उनी आगो भुंग्रोमाथि काठका टूक्रा राखेर त्यहीँ सुती शरीर तताउने गर्छन् । उनलार्इ यसो गर्न उनकै परिवारका सदस्यले सहयोग गर्छन् । आगो तापमा उनी पीडा सहुन्जेल बस्ने गर्छन् । उनी केही मिनेटसम्म यसैगरी बस्दै क्यान्सर निको हुने आशमा हुन्छन् ।
उनलार्इ पानी उमालेर त्यहाँमाथि बस्न पनि सल्लाह दिइएको थियो । तर पानीलार्इ ४२ डिग्रीमाथिको तापक्रम असम्भव हुने उनको भनाइ छ । पानीबाट सम्भव नभएपछि उनी आगोमाथि बस्ने गरेका हुन् ।
हालै उनले लियू युआनसँग पाँच वर्षदेखि चलेको प्रेमलार्इ विवाहमा परिणत गरेका छन् । उनकी पत्नीले समेत आफ्नो शरीर नजलाउन दिएको सुझाव उनले मानेनन् ।
उनले यो विधिबाट आफ्नो स्वास्थ्य सुध्रेको जनाउँदै यसलार्इ जारी नै राख्ने बताएका छन् । सहयोगीको साथ पाएमा आफू पुन: अस्पताल जाने पनि उनको भनाइ छ ।

###
0 comments
Write Down Your Responses