कोठी संचालन गर्ने मूख्य नाइके पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतको मुम्बईमा कोठी संचालन गर्ने नेपाली महिलालाई पक्राउ गरेको छ । नेपाली युवती खरिद गर्ने भारतीय गिरोहकी मूख्य नाइके सोनु भन्ने सरस्वती लामा पक्राउ परेकी हुन् । काठमाडौको बौद्धबाट १७ वर्षपछि पक्राउ गरिएकी सोनुबाईलाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो । सोनुबाई जिउमास्ने बेच्ने मुद्धाकी फरार अभियुक्त थिईन् ।
भारतको मुम्बईलाई केन्द्र बनाएर नेपाली युवतीको खरिद विक्री र जर्वजस्ती बेश्यवृतीमा संलग्न गराउने कोठी संचालिका सरस्वती नै कालान्तरमा सोनुबाईले कुख्यात भएकी हुन् । ब्युरोका अनुसार काठमाण्डौं जिल्ला अदालतले २०५५ सालमा जिउ मास्ने बेच्ने मुद्दामा सोनुलाई १० वर्ष कैदको फैसला गरेको थियो । २०५३ सालमा कृष्ण परियार र रमेश राम समेतका व्यक्तिहरुले बेचेकी युवती फर्किएर नेपाल स्थित एनजिओको सम्पर्कमा आएपछि सोनुबाईको मुम्बईस्थित कोठीको रहस्य बाहिर आएको थियो । सोनुबाईकी दिदी मिराबाईले समेत मुम्बईमा कोठी संचालन गरेको प्रहरीको भनाई छ । बेलाबखत नेपाल आउने सोनुबाई र मिराबाईले आफै र एजेन्ट मार्फत लगिएका युवती खरिद विक्री गर्दै आएकी थिईन् ।

###
0 comments
Write Down Your Responses