नेपालमा पराकम्पनबारे अमेरिकी भूगर्भ विभागको पछिल्लो एडभाइजरी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
७ जेठ, काठमाडौं ।
संसारभरीका भूकम्प सम्बन्धी अध्यन गर्ने अमेरिकी भौगर्भिक विभाग युनाइटे स्टेट्स जिओलोजिकल सर्भे (USGS) ले नेपालमा पराकम्पन सम्बन्धी नयाँ एडभाइजरी जारी गरेको छ ।
एडभाइजरीमा आगामी साता नेपालमा भूकम्पका पराकम्पनहरु हुन सक्ने जनाएको छ । यद्यपी भूकम्पको भविष्यवाणी गर्न सकिने कुनै पनि प्रविधी नरहेको पनि विभागले स्पष्ट पारेको छ ।
बैशाख १२ मा गोरखा केन्द्र भएको मुख्य भूकम्प र २९ बैशाखको दोलखा केन्द्र भएको अर्को शक्तिशाली भूकम्पका कारण उत्पन्न भैरहेका पराकम्पनको विषयमा भौगर्भिक विभागले सम्भावनाबारे एडभाइजरी सार्वजनिक गरेको हो ।
२० मे अर्थात बुधबार देखि २६ मे अर्थात मंगलबार सम्म ५ देखि ५ रेक्टर स्केलका भूकम्पीय पराकम्पनको सम्भावना ४० प्रतिशत रहेको विभागको एडभाइजरीमा उल्लेख छ । यस्ता भूकम्प ३ पटक सम्म हुन सक्ने उल्लेख छ ।
USGS prediction 1 USGS prediction 2विभागले नेपालमा थोरै क्षति गर्ने वा कुनै क्षति नगर्ने परकम्पहरु निरन्तर महसुस हुने र कुनै परकम्पहरु शक्तिशाली समेत हुन सक्ने जनाएको छ ।
विभागका अनुसार मे २० देखि २६ सम्ममा ५ देखि ६ रेक्टर स्केलका ३ भूकम्प आउने सम्भावना ४० प्रतिशत छ सक्छन् भने ६ भन्दा माथि ७ म्याग्निच्यूडका पराकम्पनको सम्भावना केवल १६ प्रतिशत मात्र छ । ७ देखि माथिका भूकम्पको सम्भावना सून्य प्राय अर्थात केवल १ प्रतिशत मात्र रहेको विभागको एडभाइजरीमा उल्लेख छ ।
विभागले बुधबार जारी गरेको एडभाइजरीमा पराकम्पनले समेत विनाशको क्षमता राख्ने भएकाले सचेत रहन आग्रह गर्दै हल्लाको पछि भने नलाग्न आग्रह गरेको छ ।

###
0 comments
Write Down Your Responses