पूर्वको जनजीवन कष्टकर , शहरहरुमा बाढी पसेपछि घरहरु डुवानमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

बाढीले बस्तीका घर घरमा पानि पसेपछि रातभर मानिसहरु सुत्न सकेनन । कतिपय मानिसहरुको घरका लत्ताकपडामा समेत पानीले क्षति पु¥याएको छ । सुनसरीको इटहरी स्थित टेग्रा खोलामा आएको बाढी बस्ती, बजार तथा सडकमा पसेको थियो । टेग्रा खोलाको बाढीले इटहरी उपमाहनगरपालिकाका केही वार्डहरु पुरै डुबेको छ । बाढीले पसल, फर्निचर तथा बिभिन्न उद्योगहरु प्रभाबित बनाएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले इटहरीका केही स्थानका सडक काटेको छ । बस्ती बिचबाट बाढी पसेपछि घर तथा सडक हिलाम्य बनेका छन । बर्षाले सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा लगाएको लाखौ बराबरको तरकारी खेतीलाई समेत क्षति पु¥याएको छ । अबिरल बर्षा पछि पूर्वको अधिकाशं खोलाहरुमा बाढी आएको छ । बाढीका कारण खोला आसपासका जमिन कटान हुन थालेको स्थानीयवासीले जानकारी दिएका छन । सुनसरी मोरङ सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बुढी जमुना मुक्ति घाटको केही जमिन कटान गरेको बताइएको छ । बर्षा पछि आएको बाढीले सुनसरी मोरङ औद्योगीक करिडोरका अधिकांश उघोगमा पानी जमेको छ । यस्तै सप्तकोशी नदीमा पनि पानीको सतह बढेको छ । कोशी ब्यारेज प्रहरीले दिएको जानकारी अनुसार कोशीमा गए राति देखि एक्कासि पानीको सतह बढेको हो । बिहान ६ बजे कोशी नदीको पानीको बहाव ४१ हजार ७ सय ६५ क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ ।

###
0 comments
Write Down Your Responses