अमेरिका र अस्ट्रेलियाका बोकाबाट नेपाली बाख्रामा गर्भाधान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएका बोकाबाट स्थानीय जातका बाख्रामा गर्भाधान गराउन थालिएको छ । उतैबाट ल्याइएको वीर्यबाट समेत स्थानीय जातका बाख्रामा धमाधम कृत्रिम गर्भाधान गराउन थालिएको छ ।
नेपाली बाख्राको नश्ल सुधार र दूध दिने क्षमता वृद्धि गर्न कृषि विकास मन्त्रालयले गत पुसमा बोका र पाठी आयात गरेको थियो । अस्ट्रेलियाबाट मासुका लागि प्रख्यात बोयर जातका ४० पाठी र ३९ बोका तथा अमेरिकाबाट दूधका लागि प्रख्यात सानन जातका ३० पाठी र २० बोका आयात गरिएको  छ ।

दैनिक चार लिटर दूध दिने पाठी जन्मिए

अमेरिकाबाट प्रतिगोटा दुई लाख रुपैयाँका दरले खरिद गरी ल्याइएका सानन जातका बाख्रा व्याउन थालेका छन् । सानन जातका बाख्राले दैनिक चार लिटरसम्म दूध दिने गरेका छन् ।

कृषि विकास मन्त्रालयले ३० सानन पाठी आयात गरी कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा २० र बाख्रा विकास फार्म चित्लाङमा १० पाठी राखेको थियो । त्यसमध्ये बन्दीपुरमा तीन पाठा र दुई पाठी तथा चित्लाङमा दुई पाठा र दुई पाठी जन्मिएका छन् ।

नेपालमा जन्मिएका नयाँ पाठा पाठी किसानलाई हस्तान्तरण गरिने मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । नयाँ पत्रिकामा खबर छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z