हवाई भाडा घट्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक वायुसेवा कम्पनीले पनि हवाई भाडा घटाएका छन्।
आन्तरिक वायुसेवा कम्पनीले आगामी शुक्रबारबाट लागू हुने गरी इन्धनको मूल्यवापतको शुल्क (फ्युल सर्च चार्ज) घटाएपछि हवाई भाडा घटेको वायुसेवा सञ्चालकका कार्यालय प्रमुख कमलेश वर्माले जानकारी दिए।
वायुसेवा कम्पनीले इन्धनको मूल्यमा शुल्क घटाएको भने पनि यसबाट यात्रुभाडा घटेको छ। वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो।
घटेको भाडा साउन २२ गते शुक्रबारबाट लागू हुने शर्माले जानकारी दिए।सरकारले यस अघि नै हवाई इन्धनको मूल्यमा चार रुपैयाँभन्दा बढी घटेमा वा बढेमा हवाई भाडामा समायोजन गर्नुपर्ने नियम बनाएपछि वायुसेवा सञ्चालक संघले भाडा घटाएको सिम्रिक एयरका बजार निर्देशक प्रज्जव थापाले जानकारी दिए।
उनका अनुसार घटेको शूल्कको जानकारी नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइसकेको र यात्रुका लागि लागू हुने मिति तय गरिएको जानकारी दिए।
यो निर्णय अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु एक सय ७० रुपैयाँ घटेको छ। काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीमा भने पाँच सय ८० रुपैयाँ घटाइएको जानकारी संघले दिएको छ।
नेपाल आयल निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ।
'निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं' संघ शर्माले भने। संघले नर्मल भाडादरलाई आधार मानेर घटाएको शूल्य माउन्टेन फ्लाइटदेखि काठमाडौंबाट उडान हुने सबै विमानस्थलका लागि छुट्टाछुट्टै दर कायम गरेको छ।

###
0 comments
Write Down Your Responses