नेपालले सक्यो, भारतले वास्तै गरेन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दसगजाका जीर्ण सीमास्तम्भ मर्मत गर्ने सहमति
इटहरी: नेपाल भारत सिमानामा हराएका तथा जीर्ण भएका सीमा स्तम्भहरूको दुवै देशले आधाआधा मर्मत तथा पुनर्निर्माण गर्ने सहमति भए पनि भारतले सहमति उलंघन गरेको छ।
नेपालले आफ्नो भागमा परेका जीर्ण सीमास्तम्भ मर्मत गरिसकेको भए पनि भारतले आफ्नो भागमा परेका सीमास्तम्भ मर्मत गर्न चासो देखाएको छैन।एक वर्षअघि नेपाल भारत दुवै देशका नापी विभाग र सुरक्षा निकायका पदाधिकारीबीच भएको सहमतिअनुसार दसगजामा रहेका जीर्ण सीमास्तम्भमध्ये जोर नम्बरका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण भारतले गर्ने र बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण नेपालले गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार नेपालतर्फबाट दसगजामा रहेका सबै बिजोर नम्बरका सीमास्तम्भको मर्मत र पुनर्निर्माण गरिए पनि भारतीय पक्षले भने आफ्नो भागमा परेका जोर नम्बरका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माणमा कुनै चासो नदेखाएको स्थानीय बासिन्दाले बताए। स्थानीय बासिन्दाका अनुसार दसगजामा बिजोर नम्बरका सीमास्तम्भको मर्मत गरी रंगिचंगी बनाइए पनि भारतले गर्ने भनिएका जोर नम्बरका सीमास्तम्भ मर्मत नगरिँदा जोर नम्बरका सीमास्तम्भ करूप बनेका छन्।
नेपालले जीर्ण भएका सीमास्तम्भको मर्मत गरे पनि हराएका र भारतले अतिक्रमण गरेका सीमास्तम्भको खोजीमा भने चासो देखाएको छैन। पूर्वी नेपालमा मात्र दसगजा क्षेत्रका ८ सय २१ सीमा स्तम्भ भारतले गायब पारेको छ।
हराएका र अतिक्रमित सीमास्तम्भको खोजीमा नापी विभागले हालसम्म कुनै चासो नदेखाएको सीमा खोजकर्ता गोपाल कोइरालाले बताए। ठूलो संख्यामा सीमास्तम्भ गायब पारिनु र भारतले जंगे पिलरसहितका सीमास्तम्भ अतिक्रमण गरी नेपाली भूभाग कब्जा गर्दासमेत सरकारले खोजी गर्न नसकेको कोइरालाले बताए । भारतले दसगजा क्षेत्रमा जंगे पिलरसहित ४६ सीमास्तम्भ अतिक्रमण गरेको छ।
भारतको सिक्किम, पश्चिम बंगाल र बिहार राज्यसँग सिमाना जोडिएको पूर्वी नेपालको सिमानामा पर्ने विभिन्न जिल्लाको भूभाग हडप्ने उदेश्यका साथ सीमास्तम्भ गायब पारिएको स्थानीय बासिन्दाको भनाइ छ। पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाचथर र ताप्लेजुङ जिल्लामा भएका २ हजार ६ सय २८ सीमास्तम्भमध्ये ८ सय २१ सीमास्तम्भ गायब पारिँदासमेत नेपाल सरकारले त्यसको खोजीमा चासो नदेखाएको नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताए।
पूर्वका भिविन्न जिल्लाका ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको भए पनि अतिक्रमणमा परेका सीमास्तम्भ फर्काउन नापी विभागले चासो नदेखाएको जिल्लाबासीले गुनासो गरेका छन्।सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दसगजा क्षेत्रका बिजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मत गर्ने र जोर नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्ने सहमति भएअनुसार नेपाल पक्षले सबै सीमास्तम्भको मर्मत सकिएको बताए।
भारतले भने अहिलेसम्म जीर्ण जोर नम्बर सीमास्तम्भको मर्मत कार्य सुरु नगरेको उनले बताए।'नेपाल भारत सीमा क्षेत्रका अधिकारीबीच भएका पटकपटकका बैठकमा नेपालतर्फबाट सीमा मर्मतबारे कुरा उठाएका छौं,' पन्थले भने, 'बैठकमा भारत पक्षले मर्मत गर्छौ भने आश्वासन दिएका छन्।' नापी विभागका शाखा अधिकृत रामेश्वर कँडेलले भारतले जोर नम्बरका सीमास्तम्भको मर्मत नगरेपछि मर्मतका लागि पटकपटक ताकेता गरिएको बताए।

###
0 comments
Write Down Your Responses