एमाले सचिवले अख्तियारलाई सोधे,'फिफाले भ्रष्टाचारी घोषणा गरेका गणेश थापामाथि किन छानबिन हुँदैन?'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताएका छन्।
तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उनले भने – “अहिले एन्फाका गणेश थापाको जस्तो अनुसन्धान पूर्वाग्रही छ कि भन्ने हो।” अख्तियारले थापालाई भ्रष्टाचारी ठहर नगरेको अवस्थामा फिफाले उनको भ्रष्टाचारलाई ठहर गरेको छ।
शुक्रबार एमाले नवलपरासी क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले जुन औलामा बिष लागेको छ त्यही औँला मात्र झर्ने भएकाले अख्तियारको अनुसन्धानबाट तर्सन नपर्ने उल्लेख गरे।
मधेसको नाममा उत्पीडित र शोषित वर्ग अन्यायमा परेकाले अब उत्पीडित र शोषित वर्गको पक्षमा एमालेले कार्यक्रम लिएर बस्तीबस्ती पुग्ने बेला आएको ज्ञवालीले बताए।
वर्गीय र सामाजिक उत्पीडन छ त्यसैलाई हल गर्न अब लाग्नुपर्छ उनले भने, “यो संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ।''
प्रशिक्षण कार्यक्रममा एमालेको केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले मधेसका नाममा जमिदारले अधिकार लिएको दाबी गरे। पञ्चायतकालकै जमिदारले प्रजातन्त्र र गणतन्त्रमा मधेसको नाममा शोषित पीडित माथि शासन गरेका छन् उनले भने, “डोम हरिजन, दुषाध, मुसलमान उनीहरुकै कारण थिचोमिचोमा परेका हुन्।”

###
0 comments
Write Down Your Responses