मधेसी मोर्चाले चीनको झण्डा फेरि जलायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :चीनको झण्डा जलाउन समाउँदै मधेसी युवा । तस्बिर : सुरेन्द्र काफले
नेपालगन्ज : लोकतान्त्रिक संयुक्त मधेसी मोर्चाका यूवा कार्यकर्ताले बाँकेमा चीनको झण्डा जलाएका छन् । चीनले नेपालमा जारी आन्दोलन र मधेसीले उठाएको मागको विरोध गरेको भन्दै मोर्चामा आवद्ध युवाले झण्डा जलाएको सदभावना पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षितले जानकारी दिए ।

मोर्चाका युवा कार्यकर्ताले नेपालगन्ज–२३, इन्द्रपुरमा सोमबार चीनको झण्डा जलाएको दीक्षितले बताए । चीनले सञ्चार माध्यममार्फत मधेसमा जारी आन्दोलनको विरोध गरि अपमान गरेको दिक्षितको भनाइ छ ।


सञ्चार माध्यममार्फत विरोध जनाएलगत्तै यूवा कार्यकर्ताले चीनको झण्डा जलाउने प्रयास गरे पनि आफूहरुले थामथुम पारेको बताउँदै उनले झण्डा जलाउने मोर्चाको नीति तथा कार्यक्रम नभएपनि कार्यकर्ताले गरेका कामको जिम्मेवारी लिने स्पष्ट पारे ।

चीनको झण्डा जलाएको स्थान एकान्त र नेपालगन्जको मुख्य बजारबाट करिव ४ किलोमिटर पश्चिममा रहेको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z