लाखौं ठगेेर वेपत्ता हुन्डी कारोबारी नेपालीको कोरियामै मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सोल: हुन्डी कारोबारबाट उठेको रकम ठगेर सम्पर्कविहीन भएका एक नेपालीको हृदयघातबाट दक्षिण कोरियामै मृत्यु भएको छ । हुन्डी कारोबारी बलराम लामिछानेको बिहीबार राति मृत्यु भएको हो ।

एक करोड रुपैयाँ भन्दाबढी रकम नेपाली युवाहरुबाट उठाई लामिछाने डेढ वर्षदेखि सम्पर्कविहीन थिए ।

उनले इन्छनस्थित बुफेंगमा ककनी रेस्टुरेन्ट सञ्चालन गरेका थिए । फरार हुनुअघि नै लामिछानेले उक्त रेस्टुरेन्ट बेचिसकेका थिए । नुवाकोट घर भएका लामिछानेले कोरियन युवती बिहे गरेका थिए ।


लामिछानेले प्रचलित दरभन्दा सस्तोमा रकम उठाउने गरेका थिए । लामिछानेसँग  हुन्डीमार्फत पैसा पठाउन खोजेका मेलम्चीका एक युवाले १४ लाख गुमाएका थिए ।

शेर्पा थरका ती युवाले  घर बनाउनका लागि कम्पनीका अन्य साथीहरुसँग सापटी गरेर रकम लामिछानेलाई दिएका थिए ।

उनीसँगको  हुन्डी कारोबारमार्फत रकम गुमाउने अन्य युवाहरु गैरकानुनी कार्य भएकोले सञ्चारमाध्यममा आउन चाहदैँनन् ।

युवाहरुले उनीमार्फत पठाएको रकम नेपालमा आफन्तहरुले पाउन सकेका थिएनन् । हुन्डीका लागि रकम उठाएलगत्तै रेस्टुरेन्ट बेचेर लामिछाने सम्पर्कविहीन भएका थिए । लामिछाने हराएपछि युवाहरुले आफ्नो रकम गुमेको निष्कर्ष निकालेका थिए ।

दक्षिण कोरियामा इपिएस प्रणाली लागू नहुँदै लामिछाने मुनड्रप्स ओभरसिजमार्फत रोजगारीका लागि आएका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z