कर तिरेकालाई मात्रै तेल दिने भएपछि यातायात कार्यालयमा कर तिर्नेको घुइँचो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले मंगलबारदेखि कर तिरेका सवारी साधनको धनिलाई मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने भएपछि यातायात व्यवस्था कार्यालय बागमती (मोटरसाइकल) कार्यालयमा कर तिर्नेको घुईँचो बढेको छ।
सवारी कर असुलीको हिसावले मंसिर महिना मध्यम खालको महिना मानिन्छ । तर सोमबार भने यातायात व्यवस्था कार्यालय बाग्मती अञ्चल (मोटरसाइल) कार्यालयको परिसर बाहिर कर तिर्नेको लागि लामो लाइन देखिन्थ्यो।
‘मंसिर महिना राजस्व असुलीका हिसाबले मध्यम मानिन्छ तर आज पिक सिजनमा जस्तै सवारी साधनको भिड देखिएको छ। ’ कार्यालय प्रमुख इश्वरराज दाहालले भने। आधारमा मंसिर महिनामा दैनिक २ सयदेखि ३ सय सम्म सवारीधनीले कर बुझाउन आउने गर्दथे।
गत हप्ताको सोमबार पनि झण्डै ३ सय जनाले हाराहारीमा तर सोमबार भने कार्यालय खुल्नुअघि नै कार्यालय परिसर बाहिर ३ सय भन्दा बढिको लाइन देखिन्थ्यो। सोमबार ३ हजार जना सवारीसधनीले कर बुझाएको कार्यालय प्रमुख दाहालले जानकारी दिए।
बागमती अञ्चलमा कैयन सवारी साधनका धनिले कर नतिरी सवारी चलाउने गरेका छन्। बागमती अञ्चल कार्यालयमा मात्रै ७ लाख भन्दा बढी निजी मोटरसाइकल रहेका छन्। त्यस्तै तीन हजार भन्दा बढी सरकारी मोटरसाइकल रहेको कार्यालय प्रमुख दाहाल बताउँछन्। कुटनीति नियोगका मोटरसाइकल बागमती अञ्चलमा सञ्चालमा रहेपनि ति सवारीसाधनलाई भने सरकारले कर छुट प्रदान गरेको छ।
गत आर्थिक वर्षको असार मसान्त सम्ममा यातायात व्यवस्था कार्यालय बागमती (मोटरसाइकल)ले १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सात लाख मात्रै १ सय २५ सिसिका दरले हिसाब गर्ने हो भने पनि १ अर्ब ७७ करोड रुपैया उठ्नुपर्ने दाहालको भनाई छ।
१ सय २५ सिसिको मोटरसाइकलको बार्षिक २ हजार ५ सय ४० कर तिर्नुपर्दछ। बागमती अञ्चलमा १ सय २५ सिसि भन्दा बढि सिसिका कैयन मोटरसाइकल गुडिरहेका छन्। तर राज्ययले भने कर उठाउन सकेको छैन।
‘सवारी कर छली गर्नेहरुलाई करको दायरामा ल्याउनको लागी वर्षमा दुईपटक हामीले ट्राफिक संग मिलेर सवारी साधन चेकजाच गर्ने गर्दछौ तर डिजीटलाइज प्रबिधी नभएको कारण हामीले सवै सवारीलाई करको दायरमा ल्याउन सकेका छैनौ।

###

0 comments
Write Down Your Responses