मधेसी मोर्चा ‘गैरजिम्मवार र हिंसात्मक’ भन्दै मुस्लिम गठबन्धन मोर्चाबाट अलग्यिो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर २२ । मधेसी मोर्चाले गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै मोर्चाको प्रमुुख घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय गरेको छ ।

गठबन्धनले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

गठबन्धनले ‘मधेसी मोर्चासँग गरेको ८ बुँदे सम्झौताको उल्लंघन भएको’ भन्दै गठबन्धनले ‘आफ्ना हक, अधिकार सुरक्षित गर्न शान्तिपूर्ण आन्दोलन गर्ने’ जनाएको छ ।

‘राष्ट्रिय स्वाधिनतालाई आँच पुग्नेगरि र  मानवीय संकट आउनेगरि कुनैपनि क्रियाकलापमा गठबन्धन सहभागी नहुने’ निर्णय पनि गठबन्धनले गरेको छ ।

सो अवसरमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष शमीम अन्सारीले ‘संविधान संशोधन गरेर समस्या सामधान गर्न सरकार लचिलो हुनुपर्ने’ बताए । उनले ‘आफूहरुको आन्दोलन हिंसात्मक नहुने र शान्तिपूर्ण वर्ताको पक्षमा रहेको’ बताए ।

गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसैनले ‘गठबन्धनसँगको सम्झौताविपरीत सरकारसँगको वार्तामा मोर्चा एक्लै सहभागी भएको, मुस्लिमका मागकाबारेमा मोर्चाले बेवास्ता गरेकाले अलग भएको’ जानकारी दिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z