शीर्ष नेतालाई प्रधानमन्त्रीले सुनाए दिल्लीको सन्देश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका नेताहरुलाई भारतसँग समझदारी भएको भन्दै दिल्लीको सन्देश सुनाएका छन् ।
मधेसी मोर्चाको मागबारे बनेको साझा धारणालाई अन्तिम रुप दिन बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको दिल्ली भ्रमणको प्रगति सुनाएका छन् ।
प्रधानमन्त्री ओलीले मधेस आन्दोलनलाई नेपाल र भारतबीच देखिएको असमझदारी अन्य भएको दाबी गरेका छन् । ‘भारतसँग समझदारी भएको ओलीको बिफि्रङ थियो’ एक नेताले अनलाइनखबरलाई भने ।
अघिल्लो सरकारले दर्ता गरेको सविधान संशोधन प्रक्रिया अघि बढाएपछि नाकामा देखिएको अवरोध क्रमिक रुपमा हट्ने दिल्लीको सन्देश ओलीले तीन दलका शीर्ष नेताहरुलाई सुनाएका छन् । ‘संविधान संशोधन गर्नुस्, हामी त्यसलाई पोजेटिभली लिन्छौं’ भनेको रहेछ’ स्रोतले अनलाइनखबरलाई भन्यो ।
राजनीतिक समिति बनाएर तीन महिनामा सीमांकन विवाद हल गर्ने दलहरुको प्रस्तावलाई दिल्लीले सकारात्मक रुप लिएको छ । ‘सकेसम्म मधेसीसँग सहमतिको प्रयास गर्नुस्’ भन्दै दिल्लीले मधेसी मोर्चासँग सहमति नभए पनि संविधान संशोधन भए आपूर्ति अवरोध हट्ने संकेत दिएको छ ।
दिल्ली भ्रमण गरेर आएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले समेत नाकाबन्दी नाटकीय रुपमा हट्ने दावी गरेका छन् । भारतसँग समझदारी भएको भन्दै थापा दिल्लीबाट फर्किनु अघि नै बालुवाटारमा भने खुसी छाएको थियो ।

###
0 comments
Write Down Your Responses