दैनिक १० सिलिन्डर ग्यास यसरी उत्पादन भइरहेछ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धरान, मंसिर २७ । सुनसरीको धरानमा गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु गरिएको छ । स्थानीय व्यवसायी घनेन्द्र कार्की र लोकबहादुर खापुङले ५० लाख रुपैयाँको लगानीमा २ सय घनमिटर क्षमताको बायो ग्यास प्लाण्ट निर्माण गरी बायो ग्यास उत्पादन सुरु गरेका हुन् ।
भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका कारण खाना पकाउने एलपी ग्यासको हा–हाकार भइरहेका बेला बायो ग्यास उत्पादनले केही राहत मिल्ने अपेक्षा स्थानीयले गरेका छन् ।
धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा निर्माण गरिएको बायो ग्यासबाट दैनिक १० सिलिण्डर ग्यास उत्पादन गरिँदै आएको छ । यो बायो ग्यासबाट ६२ दशमलव ५ केभी विद्युतसमेत उत्पादन हुने भारतीय इन्जिनियर अरविन्द सिंहले जानकारी दिए ।
कार्की र खापुङले सञ्चालनमा ल्याएको केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टरमा पालिएका गाई, बंगुर, खसीको मलमुत्रबाट बायो ग्यासको उत्पादन सुरु गरिएको हो ।
भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका कारण खाना पकाउने एलपी ग्यासको हा–हाकार भइरहेका बेला बायो ग्यास उत्पादनले केही राहत मिल्ने अपेक्षा स्थानीयले गरेका छन् ।धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा निर्माण गरिएको बायो ग्यासबाट दैनिक १० सिलिण्डर ग्यास उत्पादन गरिँदै आएको छ । यो बायो ग्यासबाट ६२ दशमलव ५ केभी विद्युतसमेत उत्पादन हुने भारतीय इन्जिनियर अरविन्द सिंहले जानकारी दिए ।
कार्की र खापुङले सञ्चालनमा ल्याएको केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टरमा पालिएका गाई, बंगुर, खसीको मलमुत्रबाट बायो ग्यासको उत्पादन सुरु गरिएको हो ।

###


0 comments
Write Down Your Responses