तपाईंको बैबाहिक जिबन, विवाह बिछेत , अनी सन्तानको बारेमा हत्केलाको यो भाग बाट थाहा पाईन्छ ...जान्नुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कुनै पनि केटी या केटाको अफेयर कति जनासँग चलिरहेको छ उसको हात हेरेर सजिलै सँग थाहा हुन्छ । यसको लागि तपाई केबल उसको हातको केही बिशेष रेखाहरुलाई हेरेर बास्तविक स्थिति थाहा हुनेछ ।

ज्योतिष शास्त्र नेपाल, भारत लगायत अन्य देशहरुमा विश्वास गर्नुका साथै यसबारेमा पढ्नको लागि विश्वविद्यालयहरु समेत खुलिरहेको छ । जस अन्तर्गत प्रमुख अंग हस्तज्योतिषमा हाथको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिका बारेमा, उसका चरित्र या भाग्यहरु बताउन सकिन्छ । हाथमा बनेको तिनै रेखाहरु मध्ये एउटा रेखा छ जसलाई विवाह रेखा भनिन्छ । विवाह रेखालाई हेरेर यो जान्न सकिन्छ कि यो व्यक्तिको कतिवटा महिलासँग विवाह हुन्छ या यसको कतिवटा महिलासँग चक्कर चलिरहेको छ ।

विवाह रेखा चित्रमा देखिएको जस्तो हातको कान्छी अौलाको ठीक तल जसलाई बुध पर्वत भनिन्छ त्यो ठाउँमा हुन्छ । हस्तज्योतिषका अनुसार यहाँ जति रेखाहरु हुन्छन् त्यो व्यक्ति या महिलाको त्यति संख्या नै प्रेम प्रसंग भएको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुक्रीएको छ भने विवाह विच्छेदको संभावना रहन्छ । त्यतिमात्र नभइ यो रेखाले तपाईको दाम्पत्य जीवन कस्तो हुन्छ त्यो पनि बताउँछ ।



यदि यहाँ बनेको रेखा तल तिर हुदै गएको छ भने पारिवारिक जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनैपनि व्यक्तिको बाँया हातमा दुई विवाह रेखाहरु छन् तथा दायाँ हातमा एक मात्र विवाह रेखा छ भने यस्ताको पत्नीले आफूलाई निकै मायाँ गर्ने गर्दछन् तथा आफ्नो पतिको हरेक सानो सानो कुरालाई ध्यान दिन्छन् । यदि कुनै व्यक्तिको हातमा विवाह रेखा माथी तर्फ मोडिएको छ र कान्छी अौला सम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा निकै बाधा अाउँने हुन्छ ।

यदि कसैको हातमा विवाह रेखा अगाडी गएर दुई भागमा विभाजन भएको छ भने यस्ता व्यक्तिहरुको वैवाहिक जीवनमा गतिरोध अाउने हुनसक्छ, पति-पत्नीको बिचमा सम्बन्ध नराम्रो हुन सक्छ ।  यदि विवाह रेखाको अारम्भमा कुनै द्वीपको चिन्ह छ भने त्यो स्त्री/पुरूषको अबैध सम्बन्ध हुन सक्छ । तर यदि विवाह रेखाको अारम्भमा कोठी छ भने यसबाट तपाईलाई यो थाहा लाग्ने छ कि तपाईको जीवनसाथीलाई कुनै ठूलो खतरा अाउन सक्छ । 
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z