ओलीको सती जान नसकेर उमेद्वारी दिएका हौं: पौडेल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा उमेद्वारी दिनु पर्नाको कारणबारे सभापति सुशिल कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले कार्यकर्तालाई प्रष्ट नपारेकामा असन्तुष्टि जनाएका छन्।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले शनिबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेस उपसभापति पौडेलले वरिष्ठ नेता देउवाकैसामु कार्यकर्तालाई  प्रष्ट पार्न चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सती जान नसक्ने भएकाले काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएको भन्दै यसबारे सभापति कोइराला र वरिष्ठ नेता देउवाले कार्यकर्तालाई प्रष्ट नपार्नु कार्यकर्तामाथिको अपमान भएको बताए। उनले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको पद गुमाएपछि आम कार्यकर्ताले नेतृत्वको क्षमतामाथि नै  प्रश्न गरिरहेको भन्दै चुनाव लड्ने र चुनाव लड्नका लागि प्रस्ताव गर्नेले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।

उपसभापति पौडेल लगत्तै बोलेका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन विहान सभापति सुशिल कोइरालाले प्रस्तावक वसिदिनुपर्‍यो भनेर फोन गरेका कारण आफू प्रस्तावक बसेको बताए। उनले प्रस्तावक नबस्दा सभापतिकै विरोध गरेजस्तो हुने भएकाले कार्यकर्तासामु त्यस्तो सन्देश नजाओस् भनेर आफू प्रस्तावक बसेको स्पष्टोक्ति दिँदै पद गुमाए पनि काँग्रेसले राजनीति नहारेको बताए।

वरिष्ठ नेता देउवाले अघिल्लो सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन सम्बन्धी विधेयकले मधेश आन्दोलनमा दुई वटा माग सम्बोधन गर्ने भन्दै आन्दोलनकारी  दललाई सीमा क्षेत्रको धर्ना बन्द गरी सीमांकन हेरफेरको विषय वार्ताबाट टुंग्याउनका लागि तयार हुन आग्रह गरे।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z