एन्ड्रोइड स्मार्टफोनमा वाइफाइ स्पीड बढाउने उपाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एन्ड्रोइड स्मार्टफोनमा धेरै कारणले वाइफाइ स्लो हुने गर्छ। यसरी वाइफाइ स्पीड स्लो भएमा केही उपायहरु अपनाएर यसलाई चाँडो बनाउन सकिन्छ।
एपको माध्यमबाटः
फोनमा वाइफाइको स्पीड बढाउनका लागि गुगल प्ले स्टोरमा थुप्रै एप्स छन्। वाइफाइ बुस्टर (WiFi Booster) जस्ता एपहरुको माध्यमबाट फोनको वाइफाइ स्पीड बढाउन सकिन्छ। यो एपले प्रयोगकर्तालाई ग्राफको माध्यमबाट कुन स्थानमा वाइफाइको रेन्ज बलियो छ भन्ने देखाउँछ। यसबाहेक यस एपमा भएको म्यानुअल र अटोमेटिक अप्सनमा गएर पनि वाइफाइको स्पीड बढाउन सकिन्छ।
सेटिङः
एन्ड्रोइड स्मार्टफोनहरुमा खराब वा स्लो कनेक्सन एभोइड (Avoid) गर्ने अप्सन हुन्छ। यसबाट फोनको वाइफाइ (WiFi) अन गरेर नेटवर्क सर्च गर्दा यो एभोइड (Avoid) अप्सन अन गरेमा खराब वा स्लो नेटवर्कहरुमा वाइफाइ कनेक्ट हुँदैन। यसका लागि फोनको सेटिङ (Setting) मा गएर वाइफाइमा जाने र Advance मा Avoid Poor Connection मा ट्याप गर्ने।
फोन केसः
धेरै जसो फोन केसहरुले वाइफाइको सिग्नल कम गर्छन्। यसमा पनि खासगरी मेटलले बनेका स्मार्टफोनका केसहरुले सिग्नल कम गर्छन्। यो समस्याका लागि स्पीड परीक्षण गरेर केस हटाउँदा र लगाउँदा स्पीडमा फरक परेमा त्यस्तो केस परिवर्तन गर्नु ठीक हुन्छ।
वाइफाइको फ्रिक्वेन्सी ब्यान्ड (WiFi Frequency Band) बढाउनेः
सेटिङमा गएर वाइफाइमा जाने र Advance मा गएर वाइफाइ फ्रिक्वेन्सी ब्यान्डमा ट्याप गरेर अटो (Auto) मोडमा सेभ गर्ने।

###
0 comments
Write Down Your Responses