साढे ४ सय ग्यास बुलेटको लागि ११ सय ८० वटाको निवेदन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल आयल निगममा ४ सय ५० वटा ग्यास बुलेटका लागि ११ सय ८० वटा बुलेटको आवेदन परेको छ। ३ महिनाअघि निगमले गरेको टेण्डर आह्वानबाट कुल ११ सय ८० वटा बुलेटका लागि आवेदन परेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।
निगमले भारतीय बुलेटलाई विस्थापित गर्दै नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको थियो। घिमिरेका अनुसार अहिले ग्यास बोक्ने सबै बुलेट भारतीय छन्। आयल निगमले ग्यास ढुवानीका लागि मात्र वार्षिक चार अर्ब रुपैयाँ भन्दा बढी रकम भारतीय ढुवानीकर्तालाई बुझाउने गरेको छ।
‘निगमले टेन्डर आह्वानमा नै ग्यास उद्योगीहरुका लागि प्राथामिकता दिने जनाएको हुदाँ उद्योगीलाई पत्राचार गरेका छौँ’ घिमिरेले भने ‘१५ दिन भइसकेको छ, तर उद्योगीको जवाफ भने पाएका छैनौँ।’ ग्यास आपूर्ति सहज होस् भनेर नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको उनले बताए।
आयल निगमले नेपाली बुलेटले नै नेपालको लागि ग्यास ढुवानी गर्दा ग्यास आपूर्तिमा सहज हुने विश्वास समेत गरेको छ।

###
0 comments
Write Down Your Responses