२ सय ५ मेगावाट विद्युत यसैबर्ष थपिँदै, कुन आयोजना हुँदैछ यसबर्ष पूरा -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ : सरकारले आउँदो असार मसान्तसम्ममा २ सय ५ मेगावाट विद्युत उत्पादन हुन लागेको जानकारी दिएको छ। यो आर्थिक बर्षको अन्त्यसम्ममा २१ वटा आयोजना निर्माण सम्पन्न हुने उर्जा मन्त्रालयले कृषि तथा जलश्रोत समितिमा जानकारी दिएको हो।

तर ती आयोजनाहरु इन्धन संकटबाट गुग्रिराखेको र भूकम्पको मारमा परेको मन्त्रालयले संसदीय समितिलाई जानकारी गराएको छ। तर सरकारले केहि आयोजनालाई भने नाकाबन्दीबीच इन्धन दिन लागेको जनाएको छ।
कुन कुन हुन् यसैबर्ष सम्पन्न हुने आयोजना?


  • -माई क्यासकेड ७ मेगावाट
  • - छ्याङ्दी खोला २ मेगावाट
  • -खानीखोला २ मेगावाट
  • -टोङ्गन ठोस्ने खोला ४.३६ मेगावाट
  • -दरम खोला ‘ए’ २.५ मेगावाट
  • -झ्याडी खोला २ मेगावाट
  • -हेवाखोला ‘ए’ १४.९ मेगावाट
  • -फावाखोला ५ मेगावाट
  • -द्वारी खोला ३.७५ मेगावाट
  • -माथिल्लो माई हाइड्रो पावर ९.९८ मेगावाट
  • -माथिल्लो माई ‘सी’ ६.१ मेगावाट
  • -थापाखोला १३.६ मेगावाट
  • -सभाखोला ४ मेगावाट
  • -माथिल्लो मस्र्याङ्दी ‘ए’ ५० मेगावाट
  • -माथिल्लो मादी २५ मेगावाट
  • -माथिल्लो चाकु ‘ए’ २२.२ मेगावाट
  • -दरौँदी ‘ए’ ६ मेगावाट
  • -सार्दी खोला ४ मेगावाट
  • -मडक्यू खोला १० मेगावाट
  • -माई क्यासकेड ८ मेगावाट
  • -गेलुनखोला ३.२ मेगावाट


यी सबै आयोजना यहि आर्थिक बर्षभित्र सम्पन्न भए कुल २०५.५९ मेगावाट विद्युत उत्पादन हुनेछ। सरकारी तथ्याङ्क अनुसार यी आयोजना आउँदो ४ महिना देखि ७ महिनासम्ममा सम्पत्न हुनेछन्।

अधिकांश आयोजना निजी क्षेत्रले निर्माण गरिरहेका आयोजना हुन्। यी आयोजनाले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग दैनिक कुल १३ हजार लिटर इन्धन माग गरेका छन्। कुल २१ आयोजनामध्ये आठवटा आयोजना त चार महिनाभित्रै सम्पन्न हुन सक्ने सरकारी तथ्याङ्क छ।
अर्को बर्ष ८ सय ४८

यस्तै आव २०७३/७४ भित्र सम्पन्न हुनसक्ने २३ वटा आयोजना निर्माणको चरणमा रहेका छन्। ती आयोजनाबाट ८४८ मेगावाट विद्युत् उत्पादन हुन सक्छ। त्यसमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो र ३० मेगावाटको चमेलिया रहेका छन्। अन्य आयोजना भने निजी क्षेत्रले निर्माण गरिरहेका आयोजना हुन्  निर्माणका क्रममा रहेका ती आयोजनाले सरकारसँग ३१ हजार लिटर इन्धन माग गरेका छन्।

ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माका अनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधीन आयोजनालाई पुग्दो मात्रामा इन्धन उपलब्ध गराए सरकारले घोषणा गरेको एक वर्षभित्र विद्युत्भार कटौती गर्ने योजना पूर्ण रुपमा कार्यान्वयन हुन नसकेपछि आधाभन्दा बढी भने सफल हुन सक्छ।

नेपाल आयल निगमको थानकोट डिपोबाट माथिल्लो तामाकोसी ४५६ मेगावाट, चमेलिया ३० मेगावाट र कुलेखानी तेस्रो १४ मेगावाटलाई भने इन्धन आपूर्ति हुन थालेको र अन्य आयोजनालाई पनि मागअनुसार नै इन्धन प्राप्त हुने विश्वास लिएको शर्माले बताए।

विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरेका अनुसार आव २०७४/७५ भित्र कुल ६३ वटा आयोजनाबाट एक हजार ३७१ मेगावाट उत्पादन हुन सक्नेछ। विभागले हालसम्म २५७ वटा जलविद्युत् आयोजनाले अनुमतिपत्र लिएका छन्। ती आयोजनाबाट कुल पाँच हजार ३२७ मेगावाट विद्युत् उत्पादन हुन सक्छ। त्यसमा एक मेगावाटभन्दा साना क्षमताका १७५ वटा आयोजनाबाट १२४ मेगावाट विद्युत् उत्पादन हुन सक्नेछ भने एक मेगावाटभन्दा ठूला ८२ वटा आयोजनाबाट पाँच हजार २०३ मेगावाट विद्युत् उत्पादन हुनेछ।

त्यसैगरी उत्पादन अनुमतिपत्र लिएका आयोजना १०७ रहेका छन्। त्यसमा नौवटा आयोजना एक मेगावाटभन्दा कम क्षमताका रहेका छन्। ती आयोजनाबाट ७.३ मेगावाट क्षमता रहेको छ। एक मेगावाटभन्दा ठूला क्षमताका ९८ वटा आयोजनाबाट दुई हजार ३७७ मेगावाट विद्युत् उत्पादन हुन सक्छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका महासचिव कुमार पाण्डे एकद्वार प्रणालीमार्फत अनुमतिपत्र लिने र अन्तर सरकारी निकायबीच आवश्यक समन्वय भए आगामी दुई वर्षभित्र विद्यमान ऊर्जा सङ्कट समाधान हुन सक्ने बताउँछन्।

सरकारले अत्यावश्यक इन्धन र आवश्यक समन्वय गर्ने हो भने आर्थिक वर्ष २०७४/७५ भित्र दुई हजार ४२९ मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने सरकारको दावी छ। रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z