'पेट्रोल उत्खननमा सहयोग गर्न चीन तयार'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पुस १, २०७२- चिनियाँ नेताहरुले नेपाल र चीनबीचका व्यापारिक नाकालाई सुचारु र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चालनमा आएका नाकालाई दीर्घकालीन रुपमा भौतिक पूर्वाधारबाट सम्पन्न बनाउन र नयाँ नाका खोल्ने इच्छा चीनले देखाएको छ ।
चीन भ्रमणमा रहेको नेपालको सत्तारुढ एमालेको प्रतिनिधिमण्डलसँग चिनियाँ नेताले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बेइजिङ भ्रमणमा केही उच्च चिनियाँ नेताहरुसँगको भेटपछि प्रतिनिधिमण्डलका नेता नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले कान्तिपुरसँग भने ‘नेपालको आर्थिक विकासमा चीनले दीर्घकालीन सोचाइ राखेको छ । उनीहरु नेपालमा पेट्रोलियम उत्खननदेखि यस क्षेत्रमा प्राविधिक सहयोग गर्न तयार छन् ।’
लालबाबुको नेतृत्वमा १५ सदस्यीय एमालेको प्रतिनिधिमण्डलले हुनान प्रान्तमा रहेको विश्वकै तेस्रो ठूलो तेल ड्रिलिङ परियोजनाको अवलोकन गरेको थियो । कम्पनीले नेपालमा पनि तेल उत्खननका लागि ड्रिलिङ मेसिन दिने र तेल उत्पादन गरेर पछि उसको मूल्य तिर्न सकिने बताएको थियो ।
प्रविधिसँगै लगानी पनि नेपालमा लगेर दुई देशले यसको लाभ प्राप्त गर्न सक्ने आफूले बताएको नेता पण्डितले सुनाए । जलविद्युत, हेभि इक्विपमेन्ट, तेल ड्रिलिङ, वैकल्पिक उर्जा जस्ता क्षेत्रमा चीनले नेपालमा लगानी गर्ने चासो देखाएको बताउँदै उनले सरकारी स्तरबाट वार्ता गर्ने हो भने नेपालको आर्थिक विकासमा काँचुली फेर्न मद्दत पुग्ने बताए ।
उनका अनुसार चिनियाँ नेताले हरेक दुई वर्षमा हुने खुन्मिङ एक्स्पोमा नेपाललाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई चीनमा व्यापक विस्तार गर्न र चीनसँगको व्यापारमा नेपालले भोगिरहेको व्यापार घाटा कम गर्न सकिने सुझाव पनि प्रस्तुत गरेका छन् ।
एमाले प्रमण्डलले मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरोका उपमहानिर्देशक चाङ सुयी र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री ली चुनसँग छलफल गरेको थियो । नेपालमाथि भारतले लगाएको नाकाबन्दी र त्यसले ल्याएको संकटमा चिनियाँ नेताहरु गम्भीर रहेको अनुभूति आफूले गरेको पण्डितले बताए ।

###
0 comments
Write Down Your Responses