आज राति रियाल मड्रिड र बार्सिलोनाको परीक्षा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ३ । स्पेनिस लिग ला लिगा फुटबलमा आज(आइतबार) उपाधी दाबेदार रियाल मड्रिडले स्पोर्टिङ गियोनको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार राति पौने ९ बजे रियालको मैदानमा हुनेछ । ला लिगा फुटबल अन्तर्गत राति ११ बजे एथलेटिको मड्रिड र लापलमस तथा गेटाफे र इस्पानुयल भिड्दै छन् ।
उता साबिक बिजेता बार्सिलोनाले आज बलियो प्रतिद्धवन्द्वी एथलेटिको बिल्बाओको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती सवा १ बजे बार्सिलोनाको मैदानमा हुने छ ।
ला लिगा फुटबलमा १९ खेलबाट ४४ अङ्क जोडेको एथलेटिको मड्रिड अङ्क तालिकाको  शिर्ष स्थानमा छ ।
एक खेल कम खेलेको बार्सिलोना ४२ अङ्क सहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४० अङ्क जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z