चोरीको गाडी र गाँजासहित पूर्व माओवादी नेता भारतीय प्रहरीको फन्दामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मोरङ, ३ माघ । चोरीको गाडी र गाँजासहित माओवादीका एक पूर्व नेता भारतीय प्रहरीको फन्दामा परेका छन् ।
मोरङ उर्लावारीका सुसन भनिने राजेश्वर लिम्बुलाई शनिवार साँझ नेपाल–भारत सीमाको पानीट्यांकीस्थित एक होटलबाट भारतीय प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार भारतीय प्रहरीको फन्दामा परेका लिम्बुको साथवाट करिव एक किलो गाँजा, नेपाल नम्वरको चोरीको मोटरसाइकल र वोलेरो जिप पनि बरामद गरिएको छ ।
अभियुक्त माओवादीका पूर्व नेता रहेको र उनको लिम्वुको अन्र्तराष्ट्रिय तस्कर गिरोहसँग साठगाठ गरेको भारतीय प्रहरीको दावी छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले लिम्वु पक्राउबारे भारतीय प्रहरीले जानकारी गराएको बताए । उनका अनुसार लिम्बुका नाममा नेपालका विभिन्न प्रहरी कार्यालयमा दर्जनौ मुद्दा दर्ता छन् । केही समय अघि उनी जेल समेत बसेका थिए ।

###
0 comments
Write Down Your Responses