कालीको मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेको भन्दै शाहरुख र सलमानविरुद्ध मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
माघ ३, २०७२- बलिउड सुपरस्टारहरु शाहरुख खान र सलमान खान विरुद्ध भारतको एक अदालतमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै मुद्दा दर्ता भएको छ ।

मेरुतको अदालतमा दर्ता भएको यो मुद्दाको सुनुवाई १८ जनवरीमा हुने भएको छ । कलर्स टेलिभिजनको चर्चित कार्यक्रम ‘बीग बोस–९’मा शाहरुख खान आएको एपिसोडको विज्ञापन खिच्दा कालीको मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेको भन्दै उनीहरुविरुद्ध अखिल भारत हिन्दु महासभाले मुद्दा दर्ता गरेको हो ।

उनीहरुले जानी जानीकन यस्तो काम गरेको र यसले धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै यो मुद्दालाई सर्वोच्च अदालतसम्म लैजाने महासभाका मेरुत प्रमुख भरत राजपुरले बताएका छन् ।

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z