सोना सिमेन्ट प्रयोग गरेर घर बनाउनेहरु तनाबमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दाङ–दाङको तुलसीपुरमा रहेको सोना सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको पाइएपछि घरहरु निर्माण नसकिँदै बीचमै भत्काउनु परेको समाचार रातोपाटीले तीन साताअघि सार्वजनिक गरेकोमा सो क्रम अझैं जारी रहेको पाइएको छ ।
नवनिर्मित घरलाई बलियो बनाउन ६ फीट गहिराइदेखि जग उठाउन सुरु गरेका घर धनीहरुले सिमेन्टका कारण घरका ढलान फोडेर भत्काउन सुरु गरेका हुन् ।
यसो त एक पटक निर्माण गरेको घर फोडेर पुनः निर्माण गर्दा थर्केर घरको संरचना कम्जोर हुने भन्दै घरनिर्माण कर्ताहरु चिन्तित समेत बनेका छन् । यस्तै मध्यका एक हुन्, तुलसीपुर ६ सरस्वती बोर्डीङ स्कुल नजिकै ५ कोठे घर निर्माण गर्न लागेका गोविन्द बस्नेत । उनले तुलसीपुरमा रहेको प्रतिमा हार्डवयरबाट २ सय २५ बोरा ओपिसी सिमेन्ट लगेर घर निर्माण कार्य सुरु गरे ।sona (1)
घर निर्माणका लागि उनले अहिले ६ फिट गहिराई देखि जग उठाउन सुरु गरेका छन् । तर बिम , पिलर निर्माण गरेको लामो समय सम्म पनि सेट (जाम) नभए पछि उनले अहिले भत्काउन सुरु गरेको ४÷५ दिन भयो । छिटो छिटो घर निर्माण गरेर बसौला भन्ने आषामा बसेका बस्नेतको आषा अहिले निराशामा परिणत भएको छ । सिमेन्ट जाम नहुदा सुरुमा चिन्तामा परेको बस्नेत परिवारले संचार माध्यमबाट सोना सिमेन्टको गुणस्तरहीन भएको थाहा पाएपछि अहिले घर नै भत्काउन थालेका हुन् ।
उनले कम्पनीले आफूहरुलाई घर भत्काउन श्रमिक खर्च, बालुवा, गिट्टी,ढुङ्गा, पानी सबै खर्च दिने भएको भनेपनि फेरि सोना सिमेन्टनै प्रयोग गर्नु पर्छ भनेकोले आफुहरु मान्न तयार नभएको उनले बताए ।
१३ लाख क्षतिपुर्तिको माग दाबी गरेका बस्नेतले सो रकम आफूले कुनै पनि हालतमा पाउनुपर्ने अडान लिएका छन् । यदि लागेको खर्च उद्योगले नदिएमा मुद्दा हाल्ने बस्नेतले बताए । तर, क्षतिपूर्ति पाएपछि पनि सोना सिमेन्ट भने प्रयोग नगर्ने उनले प्रष्ट पारे ।
यता तुलसीपुर ९ दोघरेमा पनि ओपिसी सिमेन्ट प्रयोग गरेको ५ कोठे घरको ढलान भत्काउन सुरु गरिएको छ । सोना सिमेन्ट प्रयोग गरि निर्माण गरेका घर भत्काएर पुनः निर्माण गर्नु पर्ने बाध्यता हुन थाले पछि यसको कारोबारमा गिरावट आउन थालेको विक्रेताहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस्
सोना सिमेन्ट गुणस्तरहिन, घरहरु धमाधम भत्काउन थालियो

###
0 comments
Write Down Your Responses