नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश

फाइल तस्वीर
पर्सा, २० माघ । आन्दोलनरत मधेसी मोर्चाको सहमतिमा बुधबार साँझ केही समयका लागि वीरगञ्ज नाका खुलेको छ ।
सो नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन् । वीरगन्जको मितेरी पुलमा धर्ना बसेका मोर्चाका आन्दोलनकारी कै सहमतिमा साँझ ७ः४५ बजेको समयमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन् ।
भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ ।
बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्र्याक्टरमा १५० बोरा पिना रहेको प्रहरीले जनाएको छ । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z